१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १२:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव वैशाखमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १२:oo:oo

नेपाल १७औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला– ०८१ आउँदो वैशाख २६ देखि आयोजना हुने भएको छ । स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले प्रदर्शनीको १७औँ शृंखला वैशाख ३० सम्म भृकुटीमण्डपमा आयोजना गर्न लागेको हो ।

कोरोनापछि विश्वभर आएको आर्थिक मन्दीको प्रभावबाट प्रभावित नेपाली उद्योगहरूको वर्तमान अवस्था झल्काउनु र उनीहरूको व्यापार प्रवद्र्घन गर्न सहयोग पुर्‍याउनु प्रदर्शनीको लक्ष्य रहेको आयोजकको भनाइ छ । ‘खोजौँ नेपाली, रोजौँ नेपाली’ र ‘नेपाली वस्तुको प्रयोग गरौँ, नेपाली भएकोमा गर्व गरौँ’ भन्ने नाराका साथ आयोजना हुन लागेको मेलाले देशभरका ६ लाखभन्दा बढी लघु, घरेलु तथा साना उद्योगहरू र कृषि व्यवसायमा संलग्न उद्यमीहरूलाई प्रतिबिम्बित गर्ने महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले बताए । 

प्रदर्शनीले देशभरका लघु, घरेलु तथा साना उद्योगका उत्पादनहरूको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योगलगायत सबैखाले उद्योगको उत्पादनलाई समावेश गरी बिटुबी, बिटुसी, बिटुजीजस्ता अन्तक्र्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव पनि समावेश गरिएको आयोजकको भनाइ छ । मेलामा सबै प्रदेश र जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताका साथै भारत, पाकिस्तान, बंगलादेशलगायत सार्क मुलुक तथा चीनको सहभागिता रहने महासंघले जनाएको छ । प्रदर्शनीमा दुई सय ५० स्टल रहने र दुई लाखभन्दा बढी अवलोकनकर्ता पुग्ने आयोजकको अपेक्षा छ । 

ad
ad