१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार ११:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेरुडे मिर्मिरे लघुवित्तको सेयर रजिस्ट्रारमा एसबिआई मर्चेन्ट बैंकिङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार ११:५१:oo

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिस्ट्रारसम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । सेयर रजिस्ट्रार नियुक्तिसम्बन्धी सम्झौतामा लघुवित्तका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्याल र मर्चेन्ट बैंकिङका प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार सेयर दाखिल खारेज, नामसारी, धितोबन्धक, अभौतिकीकरणलगायत सेयर रजिस्ट्रेसनसम्बन्धी सम्पूर्ण कार्य नेपाल एसबिआई मर्चेन्ट बैंकिङले आइतबारदेखि नै सुरु गरिसकेको कम्पनीको भनाइ छ । 

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड आपसमा गाभिई फागुन ३० गतेदेखि नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट राष्ट्रियस्तरको लघुवित्तका रूपमा एकीकृत कारोबार शुभारम्भ गरेका थिए ।

ad
ad