१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ जेठ २ बुधबार ११:४५:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एमाले कञ्चनपुर नवौँ अधिवेशन : उम्मेदवारले नै लगाए पार्टी कार्यालयमा ताला   

Read Time : > 2 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार ११:४५:oo

नेकपा एमाले पार्टी कार्यालय कञ्चनपुरमा तालाबन्दी भएको छ। एमाले पार्टी कार्यालय निर्वाचन कार्यालयमा तालाबन्दी भएको हो।

१ चैतदेखि सुरु भएको एमाले जिल्ला अधिवेशनमा सहमति नभएपछि निर्वाचन प्रक्रियामा गएको प्रक्रिया अवरोध गरेर आफूअनुकूल पदाधिकारी छनाेट गरेर घोषणा गर्न खोजिएको भन्दै तालाबन्दी गरिएको छ। निरुदेवी पाल गुटबाटै सचिवमा उम्मेदवार कर्णबहादुर चन्दले पाटी कार्यालय निर्वाचन कमिटीको कार्यकक्षमा तालाबन्दी गरेका छन्। 

सचिवका उम्मेदवार चन्दले सोमबार बिहानै निर्वाचन कार्यालयमा तालाबन्दी गरेका हुन्। उनले सहमति भन्दै पाँच–पाँच पटक निर्वाचन कार्यतालिका हेरफेर गरेर सोमबार बिहान ८ बजेदेखि मतदान हुने भए पनि नभएपछि तालाबन्दी गरेको बताए।

यसअघि उपसचिव रहेका चन्दले नेकपा एमाले कञ्चनपुरको नवाैँ अधिवेशनमा छनाेट भएका नेता–कार्यकर्ताको भावनाविपरीत आफूअनुकूल पदाधिकारी छनाेट गर्न लागेपछि पार्टीका आमकार्यकर्ताको चाहनाअनुरूप तालाबन्दी गरेको बताए। पाटी कार्यालय कञ्चनपुरमा उम्मेदवार नै तालाबन्दी गरेपछि उनकै गुट र फरक गुटका नेता–कार्यकर्ताबीच मुख फेराफेर भएको छ।

निर्वाचन समितिलाई दबाब आउन थापेपछि पटकपटक कार्यतालिका फेरेर फेरि सोमबारदेखि चुनावमा जाने कार्य तालिका निकालेको छ। ५ चैत बिहान ८ देखि दिउँसो २ बजेसम्म मतदानको कार्यतालिका सार्वजनिक गरेको हो।

एमाले नवाैँ जिल्ला अधिवेशन निर्वाचन कमिटीका निर्वाचन अधिकृत वेदप्रकाश उपाध्यायले पदाधिकारीसहित विभिन्न सदस्य पदमा उम्मेदवारी दिएकाहरूको प्रारम्भिक नामावली प्रकाशित भएको बताए। उनका अनुसार अध्यक्षमा अशोककुमार चन्द र लक्ष्मी बुढाले उम्मेदवारी दर्ता गराएका छन्। एमाले कञ्चनपुरको अध्यक्षका लागि चन्द र बुढा चुनावी मैदानमा होमिएका छन्। 

उपाध्यक्ष, सचिव एवं उपसचिवसहित सदस्यहरूमा दर्जनौँ, सयौँले उम्मेदवारी दिएका छन्। यसअघि अध्यक्षका लागि पाँचजना देखिएका थिए। हरिप्रसाद जोशी, हिरा चन्द, पल्लवराज भट्ट, अशोक चन्द र लक्ष्मी बुढा देखिएका थिए। 

अन्ततः अन्य तीनजना जोशी, चन्द र भट्ट ब्याक भएसँगै अब चन्द र बुढाबीच प्रतिस्पर्धा हुने भएको छ। बुढा पोलिटब्युरो सदस्य निरुदेवी पाल र चन्द अर्का पोलिटब्युरो सदस्य राजेन्द्र रावलनिकट हुन्। यसअघि आठाैँ जिल्ला अधिवेशनबाट बुढा पाल गुटबाटै उपाध्यक्षमा निर्वाचित भएकी थिइन् भने चन्द सचिवमा पराजित भएका थिए। 

अध्यक्षका लागि देखिएका कञ्चनपुरका युवा नेता हरिप्रसाद जोशीले आफू सच्चा एमाले कार्यकर्ता र कुनै पनि गुटको भक्त नभएकाले अध्यक्षका लागि उम्मेदवारी दर्ताबाटै वञ्चित भएको बताए। ‘माथि नेताका नाममा तल राजनीतिक गर्नेहरू गुटका देखिए,’ उनले भने, ‘म भने कुनै पनि गुटभन्दा एमाले बनाउने अभियानमा थिएँ, तर मलाई नै पछारियो।’ 

अध्यक्षका लागि देखिएका हिरा चन्दले उपाध्यक्षमा उम्मेदवारी दिएका छन्। चन्दसहित विष्णुदत्त अवस्थी, विष्णु कँडेल, जनकराज अवस्थीले उम्मेदवारी दिएका हुन्। 

अध्यक्षकै लागि देखिएका पल्लवराज भट्टले सचिवमा उम्मेदवारी दिएका छन्। भट्टसहित राधाकृष्ण जोशी (ज्वाला) र यसअघि उपसचिव रमेशका कर्ण चन्दले उचिवमा दिएका हुन्। दुई उपसचिवका लागि १० जना देखिएका छन्। जगतबहादुर सिंह, राजीव खड्का, भारमल सुनार, लोकेन्द्रप्रसाद पन्त, चन्द्रसिंह कार्की, खिमा चन्द, आरपी सार्की, केशव चन्द, चाँदनी धामी (राना) देखिएका छन्।

निर्वाचन कमिटीले सार्वजनिक गरेको प्रारम्भिक उम्मेदवारी सूचीअनुरूप लेखा कमिटीतर्फ उपाध्यक्षबाहेक ६ पदमा निर्विरोध निर्वाचित भएका छन्। अध्यक्ष प्रेमराज अर्याल, सचिव शंकर जोशी, सदस्यहरू केशवसिंह ऐरी, परशुराम पन्त, सन्ध्या पन्त, बालादेवी नाथ, निर्विरोध निर्वाचित भएका छन्। 

बेलडाँडी गाउँपालिबाट तीनजना निर्विराेध निर्वाचित भएका छन्। हरिप्रसाद जोशी, वसन्ती जैसी र लक्ष्मण भाट जिल्ला सदस्यमा निर्विरोध निर्वाचित भएका हुन्। लालझाडी भूगोलमा महिलातर्फ रजिता राना, अल्पसंख्यकतर्फ हरिदत्त भट्ट  निर्विरोध भएका छन्। 

एमाले कञ्चनपुरको नयाँ नेतृत्व चयनका लागि पाटी अध्यक्ष केपी ओलीले पनि उद्घाटन समारोहमा सकभर सहमति नभए स्वच्छ निर्वाचनबाट प्रक्रियाअघि बढाउन निर्देशन दिएका थिए। एमाले कञ्चनपुरको नयाँ नेतृत्व चयनका लागि चार सय ६४ मतदाता छन्। 
 

ad
ad