१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
कमल खत्री म्याग्दी
२o८१ बैशाख १९ बुधबार ११:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

म्याग्दीको नेपानेमा बोलेरो दुर्घटना, चालकसहित दुईको मृत्यु

Read Time : < 1 मिनेट
कमल खत्री, म्याग्दी
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार ११:२४:oo

अन्नपूर्ण गाउँपालिका– ५ पाउद्वार गाउँ जाँदै गरेको ग.१ज ७६५३ नम्बरको यात्रुवाहक बोलेरो जिप सोही गाउँको पुछारमा पर्ने नेपाने भन्ने स्थानमा दुर्घटना हुँदा चालकसहित दुईजनाको मृत्यु भएको छ।

सडकदेखि करिब दुई सय मिटर तल खस्दा मुस्ताङको घाँसा घर भएका वर्ष ३५ का चालक गणेश श्रेष्ठ र पाउद्वारका स्थानीय २७ वर्षीय लालबहादुर तिलिजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

आइतबार राति पोखरेबगरबाट पाउद्वार गाउँतर्फ गएको जिप गन्तव्यमा नपुगेपछि सोमबार बिहान खोजबिनको क्रममा स्थानीयले दुर्घटनामा परेको अवस्थामा फेला पारेका थिए। खोप्राबाट झरेका तीनजना पर्यटक लिन अन्नपूर्ण गाउँपालिका केन्द्र रहेको पोखरेबगरबाट आइतबार राति उक्त जिप पाउद्वार गाउँतर्फ लागेको थियो।

स्थानीय वडासदस्य पूर्णबहादुर पाइजाका अनुसार पर्यटक लिन आइतबार साँझ नै पाउद्वार गाउँ पुग्नुपर्ने जिप रातिसम्म नपुगेपछि सोमबार बिहान खोजी गर्दा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो।

सीमा प्रहरी चौकी भुरुङ तातोपानीबाट प्रहरी सहायक निरीक्षक बलबहादुर खड्काको नेतृत्वमा गएको टोलीले शव संकलन गरेको र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक कुमार गुरुङको नेतृत्वमा गएको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। 
 

ad
ad