१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १o:११:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

आठ महिनामा २९ अर्ब विदेशी लगानी प्रतिबद्धता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १o:११:oo

चालू आर्थिक वर्षको फागुन महिनामा विदेशी लगानी प्रतिबद्धता बढेको छ । एकै महिनामा विभिन्न देशबाट १२ उद्योग–परियोजनामार्फत ६ अर्ब ४७ करोड रुपैयाँबराबरको लगानी प्रस्ताव आएको हो । यस अवधिमा आठवटा पर्यटन क्षेत्रका, दुईवटा सेवा क्षेत्रका, एउटा पूर्वाधार र दुईवटा उत्पादनमूलक क्षेत्रका उद्योगबाट सो लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ । 

विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो आठ महिनामा दुई सय ५३ उद्योग–परियोजनामार्फत २९ अर्ब १३ करोड ४५ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ । जसमध्ये दुई सय ३८ साना, १२ मझौला र दुईवटा ठूला उद्योग परियोजना रहेका छन् । 

आठ महिनामा प्रस्तावित कुल विदेशी लगानीमध्ये सबैभन्दा धेरै पर्यटन क्षेत्रमा आएको छ । यस अवधिमा पर्यटनमा एक सय १५ परियोजनामार्फत कुल प्रस्तावित लगानीको ४५ प्रतिशत लगानी गर्ने प्रतिबद्धता आएको छ ।

सेवा क्षेत्रका ८८ परियोजनामार्फत ३५ प्रतिशत लगानी प्रतिबद्धता आएको छ भने उत्पादनमूलक ३० उद्योगमार्फत १२ प्रतिशत, खानीजन्य दुई परियोजनामार्फत १ प्रतिशत, पूर्वाधारका ६ परियोजनामार्फत २ प्रतिशत, सूचना प्रविधिका आठ परियोजनामार्फत ३ प्रतिशत र कृषिका चार परियोजनामार्फत २ प्रतिशत लगानी गर्ने प्रतिबद्धता आएको छ । नेपालमा विदेशी लगानीको प्रतिबद्धता धेरै आउँछ । सात महिनाको अवधिमा पाँच अर्ब १९ करोड रुपैयाँ मात्र वास्तविक विदेशी लगानी भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ ।

ad
ad