१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १८:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कैलालीमा लाइटर र औषधि बोकेको ट्रकमा आगलागी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १८:१o:oo

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको बर्दगोरिया गाउँपालिका– १ मा लाइटर, औषधि र खुर्सानी बोकेको ट्रकमा आगलागी भएको छ।

प्र ३–०३–००१ ख ००१२ नम्बरको ट्रकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आगलागीबाट ट्रकमा रहेका लाइटर, औषधि र खुर्सानी जलेको छ।

आगलागीको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए। घोडाघोडी तथा लम्कीचुहा नगरपालिकाको दमकलको मद्दतले आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

यसअघि गत सोमबार कर्णाली पुलमाथि पनि लाइटर बोकेको ट्रकमा आगलागी भएको थियो। उक्त आगलागीबाट ट्रक र लाइटर जलेर नष्ट हुनुका साथै पुलमा समेत क्षति पुगेको थियो।

ad
ad