१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
तस्बिर : रासस ।
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार ११:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन– कानुनले दोषी देखिएका जोकोहीलाई कारबाही गर्नूस्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार ११:२o:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन तस्करीमा संलग्न जोकोहीलाई कारबाही गर्न गृहमन्त्रीलाई निर्देशन दिएका छन् । 

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आज बिहान प्रधानमन्त्रीनिवास बालुवाटार पुगेर सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन बुझाएपछि प्रधानमन्त्री प्रचण्डले त्यस्तो निर्देशन दिएका हुन् । 

प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्रीको मुख्य प्राथमिकता सुशासन रहेकाले कानुनी रूपमा दोषी देखिएका जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याउन निर्देशन भएको जानकारी दिए । 

जाँचबुझ आयोगको प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्रीले आयोगको अध्ययनबाट दोषी देखिएका र कारबाहीको सिफारिस भएकाहरूलाई कारबाहीअघि बढाउन निर्देशन दिएको गृहमन्त्री लामिछानेको सचिवालयले जनाएको छ । 

सचिवालयका अनुसार प्रधानमन्त्रीले कसैको दबाब र प्रभावमा नपरी प्रक्रियाअनुसार प्रतिवेदनले औँल्याएका सिफारिस कार्यान्वयनको सुनिश्चितता गर्न निर्देशन दिएका छन् । 

प्रधानमन्त्री प्रचण्डले दोषीलाई उन्मुक्ति नहुने र निर्दोष नफस्ने वातावरण बनाउनसमेत निर्देशन दिएको उपप्रधानमन्त्री लामिछानेको सचिवालयको भनाइ छ । 

प्रधानमन्त्रीले प्रतिवेदनले औँल्याएका सुधारका पक्षमा तत्काल काम अगाडि बढाउन पनि निर्देशन दिएका छन् । त्यसलगत्तै गृहमन्त्रीले प्रतिवेदन कार्यान्वयनबारे आन्तरिक परामर्श थालेको सचिवालयले जनाएको छ । 

ad
ad