१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o६:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

न्यूनतम साझा कार्यक्रमको मस्यौदा आज टुंग्याइँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:४४:oo

सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम निर्माणका लागि गठित कार्यदलले शुक्रबारभित्रै अन्तिम रूप दिने तयारी गरेको छ । शुक्रबारभित्र टुंगो लगाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गर्ने गरी मस्यौदा निर्माणको काम भइरहेको छ ।

कार्यदल सदस्य तथा जसपा केन्द्रीय कार्यकारिणी सदस्य मनीष सुमनले शीर्ष तहमा छलफल गरेर नीति तथा कार्यक्रमको मस्यौदालाई अन्तिम रूप दिइने बताए । ‘शुक्रबार बैठकबाट मस्यौदालाई अन्तिम रूप दिएपछि प्रधानमन्त्रीलाई हस्तान्तरण गर्छौँ,’ सुमनले नयाँ पत्रिकासँग भने, ‘त्यसलगत्तै शीर्ष तहमा आन्तरिक छलफल गरेर सरकारले क्याबिनेटबाट पास गरेपछि न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुनेछ ।’

बिहीबारै नीति तथा कार्यक्रमलाई अन्तिम रूप दिने गरी अर्थ मन्त्रालय सिंहदरबारमा बैठक राखिए पनि माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने अर्थमन्त्री वर्षमान पुन संसद् बैठकमा व्यस्त रहेका कारण शुक्रबार बिहान ९ बजे बस्ने गरी कार्यदलको बैठक स्थगित भएको छ । अघिल्लो वर्ष एमाले, रास्वपा र जसपा सरकारमा सामेल हुँदा बनेको नीति तथा कार्यक्रमलाई सम्पादन गरेर ल्याउने सरकारको तयारी छ ।

महत्वाकांक्षी कार्यक्रमभन्दा पनि तत्काल गर्न सकिने आर्थिक सुधार, सुशासन र सेवा प्रवाहलगायतका विषय समेटेर मस्यौदालाई अन्तिम रूप दिने दलहरूको तयारी छ । न्यूनतम कार्यक्रम छोटो र बुँदागत हुने कार्यदल सदस्यहरूले बताएका छन् । प्रधानमन्त्री प्रचण्डले समीकरण परिवर्तनको निर्णय लिएसँगै २१ फागुनमा नीति तथा कार्यक्रमका लागि कार्यदल बनेको थियो । 

ad
ad