१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
कक्षा ८ को नगरस्तरीय परीक्षामा सहभागी हुँदै ५२ वर्षीय सन्तबहादुर गुरुङ । तस्बिर सौजन्य : शम्भु अधिकारी (पत्रकार)
२o८१ बैशाख २० बिहीबार २२:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पढाइलाई उमेरले छेक्दैन भन्ने उदाहरण बन्दै सन्तबहादुर गुरुङ

५२ वर्षीय गुरुङ कक्षा आठको नगरस्तरीय परीक्षा दिँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार २२:१o:oo

जे सुकै कारणले पढाइ छुटेको भए पनि इच्छाशक्ति भए अध्ययनलाई पुनः अघि बढाउन सकिन्छ भन्ने उदाहरण बनेका छन्, मकवानपुरका ५२ वर्षीय सन्तबहादुर गुरुङ । उमेर छँदा पढ्न सकिएन भनेर पछुतो मान्नेहरुका लागि त सन्तबहादुर झन् दरिलो उदाहरण बनेका छन् । 

मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिकामा आधारभूत तह कक्षा ८ को नगरस्तरीय परीषा चलिरहेको छ । सो परीक्षामा १३, १४ वर्षका केटाकेटीको हुलमा ५२ वर्षी सन्तबहादुर पनि मिसिएका छन् । 

थाहा नगरपालिका– ५ फुर्केका सन्तबहादुर आत्मविश्वासका साथ परीक्षामा सहभागी भएका छन् । 

उनले बिहीबार पालुङ क्याम्पस परीक्षा केन्द्रबाट पहिलो दिन अंग्रेजी विषयको परीक्षा दिएको थाहा नगरपालिकाको शिक्षा शाखाका प्रमुख माधवविक्रम मल्लले जानकारी दिए । 

गुरुङ थाहा नगरपालिका वडा नम्बर १ ओखरबजारस्थित श्री झम्केश्वरी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यय्नरत रहेको शिक्षा शाखा प्रमुख महर्जनले बताए ।

गुरुङले आफ्ना छोरानातीले उच्च शिक्षा हासिर गरिसकेकोले आफ्लाई पढ्न मन लागेर विद्यालय भर्ना भएको बताएको शिक्षा शाखा प्रमुख महर्जनले जानकारी दिए । उनको पढ्ने दृढ इच्छा शक्तिले अरुलाई पनि प्रेरणा मिल्ने महर्जनले बताए ।

बिहीबारबाट सुरु भएको आधारभूत तह कक्षा ८ को परीक्षामा थाहा नगरपालिकामा रहेका सामुदायिक तथा संस्थागत गरी २४ वटा विद्यालयका पाँच सय ९५ परीक्षार्थी सहभागी छन् । 

 

ad
ad