१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार २१:५१:oo
Read Time : > 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

अछामका दशमध्ये कार्यसम्पादनमा मंगलसेन पहिलो 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार २१:५१:oo

स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा अछामका दश स्थानीय तहमध्ये मंगलसेन नगरपालिका ७०.३९ अंकसहित पहिलो भएको छ। आर्थिक वर्ष ०७९-८० को कार्यसम्पादन मूल्यांकनमा मंगलसेन जिल्लामै उत्कृष्ट भएको हो। 

राष्ट्रिय प्रकृति स्रोत तथा बित्त आयोगको मूल्यांकनअनुसार देशका सात सय ५३ स्थानीय तहमध्ये मंगलसेन २९औँ स्थानमा छ भने सुदूरपश्चिम प्रदेशका ८८ पालिकामा चौँथो तथा देशभरका नगरपालिकाहरूमध्ये मंगलसेन ९औंँ स्थानमा छ। 

यो नगरपालिका लामो समयदेखि निमित्तको भरमा सञ्चालन हुँदै आएको छ। यसरी निमित्तले सञ्चालन गरिरहेका स्थानीय तहहरू कार्यसम्पादनमा कमजोर देखिएको विश्लेषण हुने गरेको भए पनि मंगलसेन भने प्रथम हुन सफल भएको छ। 

जिल्ला सदरमुकाममा रहेको यो नगरपालिका लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्रबहादुर साेडारीले सम्हाल्दै आएका छन्। आयोगले प्रकाशन गरेको अन्तिम नतिजाअनुसार अछाममा जिल्लाको चौरपाटी गाउँपालिका ६३.०४ अंकसहित दोस्रो बनेको छ। 

त्यस्तै, बान्नीगढी जयगढ गाउँपालिका ५३.२३ अंकसहित तेस्रो र साँफेबगर नगरपालिका ५३.१६ अंकसहित चौथो स्थानमा छ। त्यसपछि क्रमशः मेल्लेख ५३.०३ अंकसहित पाँचौँ, तुर्माखाँद गाउँपालिका ४९.३६ अंकसहित छैटौँ, पञ्चदेवल विनायक नगरपालिका ४९.१० अंकसहित सातौँ, रामारोशन गाउँपालिका ४८.५९ अंकसहित आठौँ, ढकारी गाउँपालिका ४६.७४ अंकसहित नवौँ र कमलबजार नगरपालिका ४५.९९ अंकसहित दशौँ स्थानमा छ। 

आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि ०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा मूल्यांकन गर्दै आएको छ। जसमा असार १० भित्र बजेट पेस गरे-नगरेको, असार मसान्तभित्र बजेट पारित गरे-नगरेको, आय-व्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरे-नगरेको सूचक रहेको छ। 

यसैगरी, बजेटको वार्षिक समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे-नगरेको, विनियोजित रकमअनुसार खर्चको व्यवस्था पनि सूचकमा उल्लेख छ।

बेरुजुको अवस्था, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) को प्रयोग गरे-नगरेकोजस्ता सूचकहरूका आधार मूल्यांकन गर्ने गर्छ। आवधिक योजना तर्जुमा गरे-नगरेको, कक्षा १ देखि ८ सम्म खुद विद्यार्थी भर्ना दर, कक्षा–८ को तुलनामा कक्षा–९ मा विद्यार्थी टिकाउ दर, सामुदायिक विद्यालयबाट कक्षा १० मा १ दशमलव ६ वा सोभन्दा उच्च जिपिए प्राप्त गरेका विद्यार्थी प्रतिशतको पनि मूल्यांकन गर्ने गर्छ। 

यसैगरी, स्वास्थ्य संस्थामा चारपटक गर्भजाँच गरेका महिलाको अनुपात, कुल गर्भवतीमध्ये स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात, पूर्ण खोप पाएका बालबालिकाको अनुपातलगायतका सूचक छन्। 

ad
ad