१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १२:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मिर्गौलाको समयमा उपचार गर्दा स्वस्थ जीवन बाँच्न सकिन्छ 

विश्व मृगौला दिवस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १२:५६:oo

विश्वभर मार्च महिनाको दोस्रो बिहीबार मनाइँदै आइएको विश्व मिर्गौला दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने नाराका साथ काठमाडौंमा मिर्गौला दिवस मनाइएको हो। 

अंग प्रत्यारोपण गरेका व्यक्ति, डायलाइसिस र अन्य मिर्गौलाको उपचार गराइरहेका बिरामी, चिकित्सक र स्वास्थ्यकर्मीले काठमाडौंमा मिर्गौला दिवस मनाएका हुन्। काठमाडौं उपत्यकामा उपचार गराइरहेका बिरामी र स्वास्थ्यकर्मीले आज बिहान ७ः४५ बजेदेखि रत्नपार्क, शान्ति बाटिकाबाट मिर्गौला पदयात्रा गरेका थिए।
 
दशरथ रंगशालामा ८ः१५ बजेदेखि ९ बजे सम्म प्रत्यारोपित–अंगदाताको समूहसँग कलाकार, पत्रकार, समाजसेवी, चिकित्सक र कर्मचारीहरूबीच मैत्रीपूर्ण फूटबल खेल आयोजना भएको थियो। साथै मिर्गौला रोगपीडित र स्वास्थ्यकर्मीसँग अन्तर्क्रिया कार्यक्रम पनि गरिएको थियो। 

अंग प्रत्यारोपण गरेका व्यक्ति अन्य व्यक्तिसरह स्वस्थ भएर सामान्य जीवनमा फर्किन सक्छन् र समयमा उपचार गर्दा स्वस्थ जीवन बाँच्न सकिन्छ भन्ने जनचेतना फैलाउन यो कार्यक्रम आयोजना गरीएको कार्यक्रमकी संयोजक डा. कल्पनाकुमारी श्रेष्ठले बताएकी छन्।
 
कार्यक्रम सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, नेपाल सोसाइटी अफ नेफ्रोलोजी, नेपाल एसाेसिएसन अफ युरोलोजिक सर्जन्स, अंग प्रत्यारोपण समाज नेपाल, नेपाल ट्रान्सप्लान्ट सोसाइटी, स्वास्थ्य अभियान नेपाल, नेसनल किड्नी सेन्टर र काठमाडाैं उपत्यकाभित्रका अंग प्रत्यारोपण गर्ने अस्पतालहरू र मस्तिष्क मृत्युपश्चात् अंगदान गराउने अस्पतालसमेतको संयुक्त आयोजनामा भएको हो। 
 

ad
ad