दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियान जुम्लामा पनि स्थापना गरिएको छ। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बनाउ अभियान नेपाल जुम्लामा स्थापना गरिएको हो।
अभियानले जुम्लाका नागरिकको हितमा कार्य गर्ने जनाएको छ। मिटरब्याज, लघुवित्त, सहकारी, बैंकपीडित नागरिकमाथि ज्यादती नियन्त्रण गर्ने उद्देश्यले जुम्लामा नागरिक बचाउ महाअभियान विस्तार भएको अध्यक्ष राजेश श्रेष्ठले बताए।