
एमाले अध्यक्ष केपी ओलीले देश कुनै एक धर्मविशेषको, जातिविशेषको नभएको बताएका छन् ।
प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको समर्थन गर्ने क्रममा सदनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देश सबैको साझा भएको बताए ।
‘नागरिक सर्वोच्चताभन्दा माथि अर्को कुरा हुँदैन,’ उनले भने, ‘यो राज्य एउटा धर्मविशेषको, जातिविशेषको होइन । सम्पूर्ण नेपालीको साझा राज्य हो ।
यस राज्यले सबैलाई समदृष्टिको भावमा हेर्नुपर्दछ ।’
अध्यक्ष ओलीले संविधानप्रतिको निष्ठा प्रमुख कुरा भएको बताए ।