१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार ११:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

समष्टिगत आर्थिक स्थायित्व सरकारको प्राथमिकता हुनेछ : प्रधानमन्त्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार ११:५९:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आर्थिक गतिविधिको विस्तार र समष्टिगत आर्थिक स्थायित्व सरकारको प्राथमिकता हुने बताएका छन् । 

विश्वासको मत लिनुअघि प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै सरकार गठनमा सहभागी दलहरूबीच न्यूनतम साझा कार्यक्रमका लागि कार्यदल बनेको जानकारी दिए । 

‘न्यूनतम साझा कार्यक्रम सुशासन, प्रभावकारी सेवा प्रवाह र समृद्धि सरकारको मूल अठोट हुनेछन्,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘राजस्वको लक्ष्य पूरा गर्न, पुँजीगत खर्च बढाउन र बेरुजु घटाउन सरकारले नयाँ कार्यक्रमहरू ल्याउनेछ ।’

सरकार पुनर्गठनसँगै पुँजीबजारमा आएको सकारात्मक परिवर्तनलाई आफूले सरकारप्रति जनअनुमोदन र समर्थनका रूपमा बुझेको बताउँदै प्रधानमन्त्री प्रचण्डले सोमबार मात्रै मिटरब्याजपीडितहरूसँग चारबुँदे सहमति भएको जानकारी गराए । 

उनले वित्तीय अनुशासन, प्रशासनिक खर्चमा मितव्ययिता, उत्पादकत्व वृद्धि र राजस्व चुहावटमा स्थायी नियन्त्रणबाट राष्ट्रको आर्थिक जीवनलाई अझ बलियो बनाउने सरकारको अठोट रहेको स्पष्ट पारे । 

‘रोजगारी सिर्जना र आयात प्रतिस्थापन सरकारका प्राथमिकता हुनेछन् । पर्यटनमा अहिले देखिएको सुधारलाई कायम राख्दै पर्यटक संख्या कम्तीमा दोब्बर बनाउने लक्ष्य लिइनेछ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘वैदेशिक रोजगारीमा जानेलाई बैंकको ऋणको व्यवस्था गरिनेछ र स्वदेश फर्केकालाई पनि सीपअनुसारको व्यवसायका लागि सुलभ ऋणको ग्यारेन्टी गरिनेछ ।’

संघीयता कार्यान्वयन, राष्ट्रिय हितको रक्षा गर्ने स्वतन्त्र परराष्ट्र नीतिको अवलम्बन सरकारको प्रतिबद्धता रहेको बताउँदै प्रधानमन्त्रीले शान्ति प्रक्रियाको निरूपण सरकारको प्राथमिकता हुने स्पष्ट पारे । 

‘सार्वजनिक सेवा प्रवाह चुस्त र नागरिकमैत्री हुनेछ । राज्यका सबै संरचनामा सदाचार र जवाफदेहिता कायम गरिनेछ,’ उनले भने, ‘अहिले सुन्दा अविश्वसनीय लाग्ला, तर निजी क्षेत्रसमेतको सहभागितामा हजारौँ उद्यमशीलतालाई एकसाथ प्रोत्साहन गरिनेछ ।’

ad
ad