१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
रासस काठमाडौं
२o८१ जेठ २ बुधबार १६:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

उपभोक्ता मुद्रास्फीति ५.०१ प्रतिशतमा झर्‍यो

गैरखाद्य भन्दा खाद्यवस्तुको मूल्यवृद्धि बढी

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १६:४८:oo

गत वर्षको तुलनामा यस वर्ष उपभोक्ता मुद्रास्फीति केही घटेको देखिए पनि गैरखाद्य वस्तुको तुलनामा खाद्य वस्तुको मुद्रास्फीति बढेको देखिएको छ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको सात महिनाको तथ्यांकमा आधारित ‘मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसार गत माघ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०१ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यो मुद्रास्फीति ७.८८ प्रतिशत थियो।

राष्ट्र बैंकका अनुसार माघ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.५१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.८५ प्रतिशत रहेको छ।

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक ३२.११ प्रतिशत, दाल तथा गेडागुडीको ११.१५ प्रतिशत, दुग्ध पदार्थ तथा अन्डाको १०.७८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.०६ प्रतिशत र तरकारीको ७.५८ प्रतिशतले बढेको छ। घिउ तथा तेल उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक भने १२.३३ प्रतिशतले घटेको छ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक १२.६१ प्रतिशत, विविध वस्तु तथा सेवाको ९.१५ प्रतिशत र शिक्षाको ७.३१ प्रतिशतले बढेको छ। यातायात उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक भने १.४१ प्रतिशतले घटेको छ।

माघ महिनामा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९६, तराईको ४.७१, पहाडको ५.५८ र हिमालको ५.४४ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरूको यस्तो मुद्रास्फीति क्रमशः ८.४७, ७.८२, ७.३० र ७.९२ प्रतिशत रहेको थियो।

ad
ad