१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १६:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

नेप्सेमा दोहोरो अंकको वृद्धि, झन्डै तीन अर्बकाे काराेबार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १६:o८:oo

यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको वृद्धि देखिएको छ। आज नेप्से परिसूचक २२.१० अंकले बढेर दुई हजार ५२.६५ को विन्दुमा कायम भएको हो।

आज तीन सय चार कम्पनीका ७० लाख ४३ हजार चार सय ५७ कित्ता सेयर ५६ हजार सात सय २६ पटक खरिद–बिक्री हुँदा रु. दुई अर्ब ९२ करोड २७ लाख ७१ हजार पाँच सय ५८ बराबरको कारोबार भएको छ।

जलविद्युत् समूहको उपसूचक ०.१२ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै लघुवित्त समूहको उपसूचक ४.२१ र जीवन बिमा समूहको उपसूचक १.८४ प्रतिशतले बढेको छ।

बैंकिङ समूह ०.७४, विकास बैंक १.०८, वित्त समूह १.४०, होटेल तथा पर्यटन १.१२ र लगानी समूह १.२६ प्रतिशतले बढेको छ।

त्यसैगरी, उत्पादन तथा प्रशोधन समूह ०.९१, म्युचुअल फन्ड १.०१, निर्जीवन बिमा १.३४, व्यापार ०.६५ र अन्य समूह ०.२८ प्रतिशतले बढेको छ।

विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र जालपा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै घट्नेमा भने चिर्खुवा हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ७.०६ र पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य ६.९५ प्रतिशतले घटेको छ।

कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रु. २२ करोड ९३ लाख २५ हजार ६ सय ४३ बराबरको चार लाख ३० हजार एक सय ३१ कित्ता सेयर किनबेच भएको छ। रासस 

ad
ad