१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार १४:o६:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

रोशी गाउँपालिकाको स्थापना दिवसमा चार कर्मचारी पुरस्कृत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १४:o६:oo

काभ्रेको रोशी गाउँपालिकाको स्थापना दिवसको अवसरमा चारजना कर्मचारी पुरस्कृत भएका छन्। गाउँपालिकाको ८औँ स्थापना दिवसमा कर्मचारी पुरस्कृत भएका हुन्। 

आइतबार गाउँपालिकाले आठाैँ स्थापना दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरी कर्मचारीलाई पुरस्कार तथा सम्मान गरेको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङ उत्कृष्ट रोशी सेवा पुरस्कारबाट पुरस्कृत भएका छन्। तामाङ नगद २५ हजारसहित सम्मानपत्र, मेडल, दोसल्ला, माला र खादाले सम्मानित भएका छन्।

त्यसरी नै गाउँपालिकाका जिन्सी शाखा प्रमुख जयप्रसाद गजुरेल, लेखा शाखाका कम्प्युटर अप्रेटर पेमा नाम्गेल लामा र वडा नं. ११ का वडासचिव मानवीर लामा रोशी सेवा पुरस्कारबाट पुरस्कृत भएका छन्।

रोशी सेवाबाट पुरस्कृत हुने तीनैजनालाई नगद १० हजारसहित सम्मानपत्र, मेडल, दोसल्ला, माला र खादाले सम्मान गरिएकाे छ।

स्थापना दिवस तथा कर्मचारी सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष दिनेश लामाले जनताको संघर्षपछि संघीयता आएसँगै स्थानीय तहको स्थापना भएको लामाले बताए। जनताको सेवाप्रवाहमा कर्मचारीले उत्कृष्ट कार्यसम्पादन गरेको बताए।

जनप्रतिनिधिको योजना र कर्मचारीको मिहिनेतले गाउँपालिका उत्कृष्ट हुँदै गएको उनको भनाइ छ। 
गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाइबाले सहिदहरूको बलिदानीबाट संघीयताको स्थापना भएको र तीन तहको सरकार बनेको बताए।

गाउँपालिका स्थापना भएपछि जनताको विकासमा सहयोग पुगेको बताउँदै जनप्रतिनिधिको योजना र भिजन पूरा गर्न कर्मचारीको सहयोग चाहिने उनको भनाइ छ।

प्रमुख प्रशासकीय अधिकृत तामाङले जनप्रतिनिधिको सपना साकार गर्न कर्मचारी दत्तचित्त भएर लागेको बताए। रोशी गाउँपालिकामा राम्रो भिजन र योजना भएका जनप्रतिनिधि र त्यसलाई साकार पार्न मिहिनेती कर्मचारी भएकाले नागरिकलाई उत्कृष्ट सेवा प्रवाह गर्न सकेको उनले बताए।

कार्यक्रममा गाउँपालिका प्रवक्ता तथा वडा नं. १२ का वडाध्यक्ष वसन्तकुमार लामा, वडा नं. ७ का वडाध्यक्ष अशोक गौतमलगायतले उत्कृष्ट काम गर्नेलाई पुरस्कृत र गलत काम गर्नेलाई दण्डित गर्ने अभ्यासको सुरुवात भएको बताए।

कार्यक्रममा गाउँपालिकाका विभिन्न वडाका वडाध्यक्ष तथा जनप्रतिनिधि र कर्मचारीको उपस्थिति थियो। 
 

ad
ad