१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १२:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

वसन्तपुर-ढुंगेसाँघु २२० केभी प्रसारणलाइनको पहिलो सर्किट निर्माण सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १२:o६:oo

कोशी करिडोर २२० किलोभोल्ट (केभी) प्रसारणलाइन आयोजनाअन्तर्गत संखुवासभाको धर्मदेवी नगरपालिकास्थित वसन्तपुर सबस्टेसनबाट ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढु‌ंगेसाँघु सबस्टेसनसम्मको प्रसारणलाइनको पहिलो सर्किट निर्माण सम्पन्न भएको छ।

तमोर नदी र त्यसका सहायक खोलानालाहरूमा निर्माण भएका–हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गर्न वसन्तपुर–ढुंगेसाँघु २२० केभी डबल प्रसारणलाइन निर्माण गरिएको हो।

समुद्र सतहबाट तीन हजार मिटर उचाइसम्म भएर जाने वसन्तपुर–ढुंगेसाँघु २२० प्रसारणलाइनको लम्बाइ ३५ किलोमिटर छ। प्रसारणलाइनका लागि एक सय २७ वटा टावर निर्माण गरिएका छन्।

वसन्तपुर–ढुंगेसाँघु प्रसारणलाइनअन्तर्गत नै वसन्तपुर सबस्टेसनमा ६ वटा वे विस्तार भइरहेको छ। त्यसमध्ये तीनवटा बेका उपकरण जडान र परीक्षण कार्य भइरहेको छ। उक्त कार्य आगामी चैतको पहिलो हप्ताभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वसन्तपुर–ढुंगेसाँघु प्रसारणलाइन निर्माण सम्पन्न भएपछि  मुख्य रूपमा सानिमा मिडिल तमोर हाइड्रोपावर लि.ले ताप्लेजुङमा निर्माण गरिरहेको ७३ मेगावाटको मध्यतमोर जलविद्युत् आयोजनाको विद्युत् प्रवाहमा कुनै समस्या नरहेको बताए। 

कोशी करिडोर प्रसारणलाइन आयोजना प्याकेज–३ अन्तर्गत वसन्तपुर–ढुंगेसाँघु २२० केभी प्रसारणलाइन र ढुंगेसाँघुमा १३२/३३ केभी सबस्टेसन निर्माणका लागि केइसी इन्टरनेसनल, भारतसँग २०७४ माघमा दुई करोड ४५ लाख अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो। 

उक्त ठेक्का सम्झौता ०७५ जेठबाट कार्यान्वयनमा आएको थियो। प्रसारणलाइन निर्माण सम्पन्न भएको छ भने ढुंगेसाँघु सबस्टेसन निर्माण अन्तिम चरणमा छ। नेपाल सरकार तथा प्राधिकरणको लगानी र भारत सरकारको निर्यात आयात (एक्जिम) बैकको सहुलियतपूर्ण ऋणमा वसन्तपुर–ढुंगेसाँघु प्रसारणलाइन निर्माण गरिएको हो।


 

ad
ad