१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार o८:२३:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

कोशी प्रदेश राष्ट्रिय टी–२० क्रिकेट : देवको शतकमा लुम्बिनीको सहज जित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o८:२३:oo

देव खनालको शतकीय इनिङ्सको सहयोगमा शनिबार कोशी प्रदेश राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लुम्बिनीले बागमतीलाई सात विकेटले पराजित गरेको छ । लुम्बिनीले लगातार तीन खेलमा जित निकाली सर्वाधिक ६ अंक जोडेको छ । लुम्बिनी समूह ‘बी’ शीर्ष स्थानमा छ ।

लुम्बिनीले यसअघि गण्डकी र सुदूरपश्चिमलाई हराएको थियो । टस जितेर ब्याटिङ गरेको बागमतीले २० ओभरमा ८ विकेट गुमाई १५३ रनको योगफल तयार पारेको थियो । बागमतीका कप्तान रित गौतमले ३३ बलमा १ छक्का र ४ चौका प्रहार गरी ४३ रन जोडे । आशुतोष घिरैयाले २८ रन र उत्तम मगरले २५ रन बनाए । लुम्बिनीका चाहुल चौहानले सर्वाधिक ३ विकेट लिए ।

प्रत्युत्तरमा लुम्बिनीले १७.२ बलमा तीन विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । लुम्बिनीका कप्तान देव खनालको शतकीय इनिङ्स खेलेका थिए । उनले सय रनको योगदान दिए । उनले ५१ बलमा समान ७ छक्का र चौका प्रहार गरेका थिए । खनालको शतक प्रतियोगिताकै पहिलो शतक हो । विशालविक्रम केसीले नटआउट २७ रन बनाए । बागमतीका विपिन आचार्य, गौतम केसी र कृजन गुरुङले १–१ विकेट लिए । 

कर्णाली ५१ रनले विजयी
प्रतियोगिताको शनिबार बैजनाथपुर क्रिकेट रंगशालामा भएको पहिलो खेलमा कर्णालीले एपिएफ क्लवलाई ५१ रनले पराजित गरेको छ । जितसँगै कर्णाली समूह ‘ए’मा ४ खेलमा २ जित निकालेको छ । कर्णाली चार अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । टस जितेर ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ५ विकेट गुमाई १ सय ६५ रनको स्कोर खडा गरेको थियो । कर्णालीका लागि प्लेयर अफ दी म्याच अर्जुन घर्तीले ३४ बलमा समान २ छक्का र चौकाको सहयोगमा नटआउट ५५ रन बनाए । 

कर्णालीका विपिन रावलले ३६ बलमा ३ छक्का र २ चौकाको मद्दतमा ४२ रन र रवीन्द्र शाहीले ३५ रनको योगदान दिए । एपिएफका रमेश कुर्मी, चन्दन राम, भुवन कार्की, अमर रौटेला र इर्साद अहमदले समान एक विकेट लिए । प्रत्युत्तरमा एपिएफले २० ओभरमा ६ विकेट गुमाई १ सय १४ रन बनायो । 

एपिएफका अमर रौटेलाले ३७ बलमा १ छक्का र २ चौका प्रहार गरी ३७ रन जोडे । हिमांशु दत्तले २५ र पुरन विकले १८ रनको योगदान दिए । कर्णालीका दिपेन्द्र रावत र रवीन्द्र साहले समान २ विकेट हात पारे । आइतबारको पहिलो खेल गण्डकी र नेपाल पुलिसबीच हुने छ । दोस्रो खेलमा आर्मीले मधेशको सामना गर्नेछ । 

ad
ad