१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
हङकङविरुद्ध ब्याटिङ गर्दै नेपालका ओपनर विनोद भण्डारी
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ २ बुधबार o८:१८:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

फ्रेन्डसिप कप अन्तर्राष्ट्रिय टी–२० : हङकङविरुद्ध चलेन नेपालको ब्याटिङ

हङकङले प्रस्तुत गरेको २१३ रनको लक्ष्य पछ्याएको नेपाल कमजोर ब्याटिङका कारण १६.४ ओभरमा एक सय ३९ रनमै अलआउट

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o८:१८:oo

लगातार अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाली खेलाडीको ब्याटिङ चल्न सकिरहेको छैन । ५० ओभर वा टी–२० खेल नै किन नहोस्, खेलाडीहरूले एकनासको ब्याटिङ प्रदर्शन गर्न सकेका छैनन् । कुनै एक खेलाडी पेभेलियन फर्केपछि अन्य खेलाडी पनि एकपछि अर्को गर्दै फर्किने गरेका छन् । तीन साताको अन्तरमा नेपालले आइसिसी विश्वकप लिग–२ र त्रिकोणात्मक टी–२० सिरिजमा सहभागिता जनायो । यी दुवै महत्ववपूर्ण सिरिजमा ब्याट्सम्यानले गतिलो प्रदर्शन गरेनन् ।

विश्वकप लिग–२ मा नेपालले पूरै ओभर नै खेलेन । नेदरल्यान्ड्स र नामिबियाविरुद्धको त्रिकोणात्मक टी–२० सिरिजमा नेपालका मध्यक्रमका ब्याट्सम्यान अति नै फितलो देखिएका थिए । यस्तै प्रदर्शन शनिबार हङकङमा नेपालका खेलाडीले देखाए । हङकङमा शनिबारदेखि फ्रेन्डसिप कप अन्तर्राष्ट्रिय टी–२० सुरु भएको छ । आयोजक हङकङससँग नेपाल ७३ रनले पराजित भयो । हारको मुख्य कारण नै मध्यक्रमको फितलो प्रदर्शन नै रह्यो । बाबर हयातको शतकीय सहयोगमा हङकङले २० ओभरमा ६ विकेट गुमाएर दुई सय १२ रनको बलियो योगफल खडा गरेको थियो । प्रत्युत्तरमा नेपाल १६.४ ओभरमा एक सय ३९ रनमा समेटियो । 

२१ रनभित्र आठ विकेट पतन
लक्ष्य पछ्याएको इनिङ्समा नेपाल एक समय निकै बलियो थियो । इनिङ्सको १०.६ ओभरमा कप्तान रोहितकुमार पौडेललाई गुमाउँदा नेपाल ११७–३ को बलियो स्थितिमा थियो । त्यसपछि नेपाल १६.४ ओभरमा १३९ रनमै अलआउट नै भयो । मध्यक्रमका ब्याट्सम्यान पूरै असफल हुँदा नेपाल पराजित भएको हो ।

नेपालले १२.१ ओभरमा आरिफ सेख र १२.३ ओभरमै सन्दीप जोराको विकेट गुमाएको थियो । शुक्रबार मात्र आइसिसी वरीयतामा फड्को मारेका अलराउन्डर गुल्सन झा १४.६ ओभरमा आउट भए । त्यसपछि नेपालले १५ ओभरमा थप दुई विकेट गुमाएको थियो । इनिङ्सको १५.१ ओभरमा रासिद खान र १५.४ ओभरमा प्रतीश जिसीको विकेट गुमेको थियो । नेपालले अन्तिम विकेटका रूपमा आकाश चन्दलाई गुमाएको थियो । हङकङका लागि अजाज खानले घातक बलिङ गरेका थिए । उनले ३.४ ओभरमा चार २६ रन खर्चेर चार विकेट लिएका थिए । 

विनोद, रोहित र आरिफ मात्र टिके
हङकङको कसिलो र अनुशासित बलिङमा नेपालका ओपनर विनोद भण्डारी, रोहित र आसिफ मात्र टिकेका थिए । उनीहरूले मात्र नेपालको स्कोर बोर्डमा दोहोरो रन चढाए । अन्य खेलाडीले दोहोरो रनसमेत बनाउन सकेनन् । ओपनर कुशल भुर्तेलको प्रदर्शन खस्किरहेको छ । उनले चार बल सामना गरी दुई रन मात्र बनाए । विनोद भण्डारी र रोहित पौडेलले दोस्रो विकेटका लागि ५२ रनको साझेदारी गरे ।

विनोदले २२ बलमा चार चौका र तीन छक्काको सहयोगमा ४२ रन जोडे । त्यसपछि रोहित र आरिफले तेस्रो विकेटका लागि ५७ रनको गतिलो साझेदारी गरेका थिए । रोहितले ३० रन जोडे । उनले २३ बलमा दुई चौका र एक छक्का प्रहार गरे । रोहित आउट भएको अर्को बलमा नेपालले आरिफको विकेट पनि गुमाएको थियो । आरिफले ३८ रन बटुले । उनले २१ बलमा पाँच चौका र दुई छक्का प्रहार गरेका थिए । त्यसपछि सन्दीप जोरा दुई रन, गुल्सन झा आठ रन, विवेक यादव एक रन र रासिद खान तीन रनमा आउट भए । 

बाबरले बनाए ४९ बलमा ११० रन
हङकङका बाबरले नेपालविरुद्ध उत्कृष्ट स्ट्रोक लगाए । उनले क्रिजको एक छेउमा नेपालका बलरविरुद्ध छक्का प्रहार गरे । समग्रमा उनले ४९ बलमा सर्वाधिक १३ छक्का र तीन चौकाको सहयोगमा एक सय १० रन बनाए । उनी इनिङको १९.५ ओभरमा आउट भए । उनलाई रोहितले क्याच आउट गरे । यसबाहेक हङकङको ब्याटिङमा अजाज खानले ११ बलमा दुई चौका र एक छक्का प्रहार गरी २१ रन बनाए । अंशुमन रथले ३२ बलमा दुई छक्का र तीन चौका प्रहार गरी ३९ रन बटुले । ओपनर मार्टिन कोट्जले २१ बलमा ३१ रन बनाए । उनले पाँच चौका र एक छक्का प्रहार गरेका थिए । नेपालका लागि आकाश चन्दले तीन ओभरमा तीन विकेट लिए । रासिद, प्रतीश र आरिफले समान एक विकेट हात पारे । हङकङ एक समय नौ ओभरको समाप्तिमा ६१–२ को स्थितिमा रहेको थियो । बाबर र अंशुमन रथले ७६ रनको साझेदारी गरे ।

 आकाशको डेब्यु 
नेपालका लागि तीव्र गतिका बलर आकाश चन्दले अन्तर्राष्ट्रिय टी–२० मा डेब्यु गरेका छन् । उनले हङकङविरुद्ध डेब्यु गरेका हुन् । उनलाई करण केसीले डेब्यु क्याप दिएका थिए । हङकङविरुद्ध नेपालले रासिद खान, स्पिनर सागर ढकाल र विकेटकिपर विनोद भण्डारीलाई खेलाएको छ । आकाशले यसअघि क्यानडाविरुद्ध सिरिजमा एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए । उनले डेब्यु खेलको पहिलो ओभर बलिङ गर्दै विकेट लिए । उनले आफ्नो पहिलो ओभरमा मार्टिन कोट्जीको विकेट लिएका हुन् ।  

ad
ad