१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार o८:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सडकमा दुध पोखेर आन्दोलन गरेको चितवनले सार्वजनिक गर्‍यो दुध सेवनसम्बन्धी भिडियो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o८:३७:oo

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले दुध सेवनसम्बन्धी जनचेतनामूलक भिडियो सार्वजनिक गरेको छ। जिल्ला समन्वय समितिको आयोजनामा बुधबार भएको दुग्धजन्य पदार्थ उत्पादन, व्यवसायीहरूमा देखिएका समस्या र समाधानसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले दुध खपतलाई टेवा पुर्‍याउने  उक्त भिडियो सामग्री सार्वजनिक गरेको हो । 

दुधजन्य पदार्थको खपत बढाउन र यसको उपयोगका लागि भिडियो निर्माण गरिएको संघका अध्यक्ष किशोर बगालेले जानकारी दिए । उनले भने, ‘हामीले दुध उत्पादन मात्र हाेइन, दुध र दुग्धजन्य परिकारको प्रोत्साहन गर्न पनि ध्यान दिनुपर्नेछ । त्यसका लागि नियमित रूपमा यस्ता कार्यक्रम हामी गर्नेछौँ । भिडियोको प्रवर्द्धक रूपमा भरतपुर महानगरपालिका रहेको छ। 

संघले भिडियोलाई सामाजिक सञ्जालमार्फत सेयर गरिदिनसमेत सबैमा अनुरोध गरेको छ। चितवनकै जिल्ला संघले फागुन पहिलो हप्ता उद्योगीले सस्तोमा पनि दुध उठाउन नमानेपछि सडकमा दुध पोख्ने आन्दोलनको नेतृत्व लिएको थियो । 
अध्यक्ष बगालेका अनुसार चितवनमा अहिले पनि ६० हजार लिटरभन्दा बढी दुध बिक्रीमा समस्या छ । भदौदेखि यहाँका किसानले दुध बिक्री गरेको पैसा पाएका छैनन् भने ५२ करोड रुपैयाँ  भुक्तानी किसानले उद्योगीहरूबाट लिनुपर्नेछ । 
 

ad
ad