१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १३:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

हिन्दु धर्म कांग्रेसको आधिकारिक एजेन्डा होइन : रमेश लेखक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १३:५७:oo

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले हिन्दु धर्म पार्टीको आधिकारिक एजेन्डा नभएको बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महासमिति बैठकले निर्णय नै नगरेको विषयलाई कारण देखाएर गठबन्धन तोडेको भन्दै लेखकले यस्तो स्पष्टीकरण दिएका हुन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले कांग्रेस बहुलवादमा विश्वास गर्ने लोकतान्त्रिक पार्टी भएको उल्लेख गर्दै पार्टीभित्र सबैखाले विचारमा छलफल खुला हुने प्रस्ट पारे।

‘जहाँसम्म सम्माननीय प्रधानमन्त्रीले हिन्दु धर्मको कुरा गर्नुभएको छ। त्यो नेपाली कांग्रेसको आधिकारिक एजेन्डा होइन। महासमितिमा त्यसमा छलफल भएर पारित भएको छैन। पटकपटक भनेका छौँ– हामी यो संविधानप्रति प्रतिबद्ध छौँ,’ लेखकले भने, ‘नेपाली कांग्रेको आधिकारिक धारणा बन्दै नबनेको, हुँदै नभएको पार्टीले निर्णय नै नगरेको विषयलाई लिएर यदि तपाईंले कुनै राजनीतिक घटना गराउनुभएको हो भने त्यो कांग्रेसको कमजोरी हो ?’

ad
ad