१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार o९:११:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

२८ देशमा सस्तो डेटा रोमिङ सेवा दिँदै टेलिकम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o९:११:oo

नेपाल टेलिकमले २८ देशका लागि सस्तो दरमा डेटा रोमिङ सेवा ल्याएको छ । विदेशमा नेपाल टेलिकमकै सिम प्रयोग गर्ने प्रयोगकर्तालाई लक्षित गरी पहिलेभन्दा झनै सस्तो दरमा डेटा रोमिङ सेवा उपलब्ध गराएको कम्पनीले जनाएको छ । 

विदेशमा भएका नेपाल टेलिकमका प्रयोगकर्ताले रोमिङ सेवा प्रयोग गर्दा सबैभन्दा बढी डेटा रोमिङ सेवा प्रयोग गर्ने गरेको र सेवा सञ्चालनमा रहेको मुलुकमा रहेका रोमिङ पार्टनरसँग गरिएको सम्झौताअनुसार उक्त महसुलदरमा भारी कटौती भएकाले थप सस्तो दररेटमा सेवा सञ्चालन गरिएको कम्पनीको भनाइ छ । 

टेलिकमको पोस्टपेड तथा प्रिपेड सिम प्रयोगकर्ताले विश्वका २८ देशका रोमिङ पार्टनरको नेटवर्कमा आबद्ध भई डाटा रोमिङ सेवा प्रयोग गर्दा सस्तो मूल्यमा डेटा सेवा पाउनेछन् । 

यो सुविधा अस्ट्रिया, बहराइन, बंगलादेश, बेल्जियम, क्यानडा, चीन, ग्रिस, हंगेरी, आयरल्यान्ड, इजरायल, इटाली, जापान र कोरियामा उपलब्ध हुनेछ । त्यसैगरी मलेसिया, म्यानमार, नेदरल्यान्ड, ओमान, पाकिस्तान, फिलिपिन्स, कतार, साउदी अरेबिया, सिंगापुर, श्रीलंका, स्विजरल्यान्ड, युएई, युके, युएसए र भियतनाममा समेत सस्तो दरमा डेटा रोमिङ सेवा प्रयोग गर्न सकिने बताइएको छ ।

परिमार्जित दररेट सस्तो र सुलभ हुने भएकाले रोमिङ सेवा प्रयोगकर्ताका लागि डाटा रोमिङ सेवा उपयोगी हुने र सेवा प्रयोग गर्ने परिपाटीमा वृद्धि हुने अपेक्षा कम्पनीको रहेको छ । 

ad
ad