Skip This
नवनियुक्त तीन मन्त्रीले लिए शपथ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण २२ मंगलबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o फाल्गुण २२ मंगलबार o६:१५:oo
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

नवनियुक्त तीन मन्त्रीले लिए शपथ

मन्त्री विनाविभागीय, सबै मन्त्रालयको कार्यभार प्रधानमन्त्रीसँग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o फाल्गुण २२ मंगलबार o६:१५:oo

देउवा र नेपाल शीतलनिवास गएनन्, पुराना मन्त्री बिदाइ हुन पाएनन्

नयाँ समीकरण बनेपछि एमाले, माओवादी र रास्वपाबाट तीन मन्त्रीले शपथ लिएका छन् । एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डिपी अर्याललाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । उनीहरूको मन्त्रालय भने तोकिएको छैन । सबै मन्त्रालयको कार्यभार हाललाई प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोकिएको छ । गिरी पर्वत र तामाङ नुवाकोट– १ बाट निर्वाचित सांसद हुन् । डिपी समानुपातिक सांसद हुन् । तीनैजना पूर्वमन्त्री हुन् । 

शीतलनिवासमा आयोजित नयाँ मन्त्रीहरूको शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री प्रचण्ड, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी ओली, रास्वपा सभापति रवि लामिछाने, जसपा अध्यक्ष उपेन्द्र यादवलगायत सत्तागठबन्धन दलका नेताहरू सहभागी थिए । कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र एकीकृत समाजवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपाल भने सहभागी भएनन् ।

त्यसैबीच, निवर्तमान मन्त्रीहरूले बिदाइ हुन पनि पाएनन् । गठबन्धन हेरफेरपूर्व प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएनन् । बिदासमेत हुन नपाई मन्त्री सिंहदरबारबाट बाहिरिए । उनीहरूले प्रधानमन्त्रीसँग बिदाइ भेटसमेत गर्न पाएनन् । 

नयाँ सत्तागठबन्धनले अन्य दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको छ । गठबन्धनको बैठकले अन्य दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको हो । सोमबार साँझ प्रधानमन्त्री कोटेश्वरस्थित निवासमै पुगेर एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भेटवार्ता गरेका छन् । भेटमा प्रधानमन्त्री प्रचण्डले अध्यक्ष नेपालसँग कम्युनिष्ट एकताको कोर्स शुरु भएको भन्दै सरकारमा सहभागी हुन आग्रह गरेका थिए । एमाले महासचिव शंकर पोखरेलले एकीकृत समाजवादीलाई पनि गठबन्धनमा सामेल गरेर जाने बताएका थिए ।