१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार ११:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नयाँ गठबन्धनमा रेशम चौधरीको चाहना : सुदूरपश्चिममा नागरिक उन्मुक्तिको मुख्यमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार ११:५४:oo

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले नयाँ सत्तागठबन्धनमा सहभागी हुँदै सुदूरपश्चिम सरकारको मुख्यमन्त्री आफ्नो पार्टीलाई दिनुपर्ने चाहना व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसेको बैठकमा सहभागी भएका चौधरीले थारू बाहुल्य रहेको प्रदेशका जनताको खुसीका लागि पनि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री आफ्नो पार्टीले पाउनुपर्ने बताए । 

बैठकबाट बाहिरिने क्रममा उनले सञ्चारकर्मीहरूसँग प्रधानमन्त्रीले आजै सानो आकारमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने, तर आजै आफ्नो पार्टी सहभागी नहुने बताए । 

उनले अब बन्ने सरकारलाई नागरिक उन्मुक्तिको समर्थन रहने भन्दै आफ्नो चाहना सुदूरपश्चिमको मुख्यमन्त्रीमा रहने बताएका हुन् ।

ad
ad