मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण २० आइतबार
  • Thursday, 19 December, 2024
फाइल तस्बिर ।
२o८o फाल्गुण २० आइतबार २o:५६:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

गाजा युद्धविरामबारे वार्ता गर्न हमास प्रतिनिधिमण्डल कायरोमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण २० आइतबार २o:५६:oo

गाजापट्टीमा युद्धविराम सम्झौताका निम्ति इजिप्टका अधिकारीहरूसँग वार्ता गर्न हमासको उच्चस्तरीय प्रतिनिधिमण्डल आइतबार कायरो आइपुगेको छ।

आधिकारिक सुरक्षा स्रोतले जनाएअनुसार हमासका उपप्रमुख खलिल अल–हयाको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले अर्को साता सुरु हुने रमजानको अवसर पारेर युद्धविरामका लागि वार्ता गर्न त्यहाँ पुगेको स्रोतले नाम न छाप्ने सर्तमा सिन्ह्वालाई बताएको छ।

अपेक्षित सम्झौतामा ४०० जना प्यालेस्टिनी बन्दीहरूका लागि ४० इजरायली बन्धकहरूको अदलाबदली गरिने  र घेरामा परेको एन्क्लेभमा सहायता ट्रकहरू बढाउनेलगायतका विषय समावेश हुनेछन्। 

यसैगरी, इजरायली प्रतिनिधिमण्डल युद्धबिराम वार्ताका लागि आइतबारपछि यहाँ आउने सम्भावना रहेको स्रोतले बताएको छ।

गत वर्ष अक्टोबर ७ मा हमासले इजरायली सहरहरूमा आक्रमण गरी  करिब एक हजार २०० जनाको हत्या गरी दुई सयभन्दा बढीलाई बन्धक बनाएपछि इजरायलले गाजामा त्यसविरुद्ध ठूलो प्रत्याक्रमण अभियान चलाइरहेको छ।

गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार जारी गरेको पछिल्लो तथ्यांकअनुसार त्यसयता इजरायली जवाफी कारबाहीमा ३० हजार ३२० प्यालेस्टाइनी मारिएका छन् भने ७१ हजार ५३३ जना घाइते भएका छन्। (रासस-सिन्ह्वा)