१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १८:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एक लाख ३९ हजार नगदसहित जुवा खेलिरहेका ६ पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १८:३o:oo

एक लाख ३९ हजार ४५० रुपैयाँसहित प्रहरीले जुवा खेलिरहेका ६ जनालाई पोखरा महानगरपालिकाबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक सूर्यबहादुर रानाका अनुसार पोखरा–८ सभागृह चोकस्थित एक वर्कसपमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई रंगेहात पक्राउ गरिएको हो।

सभागृह चोकस्थित बेथ वर्कसपमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले तीन बुक तास र नगदसहित उनीहरूलाई पक्राउ गरेको रानाले जानकारी दिए।

पक्राउ पर्नेहरूमा बारा घर भई पोखरा– ८ न्युरोड बस्ने ४१ वर्षीय रमेश शाह, भारत बिहार घर भई पोखरा– ९ नयाँबजार बस्ने ३५ वर्षीय उपेन्द्र चौधरी, बिहार घर भई पोखरा– ६ जरेबर बस्ने वर्ष २५ का मुकेश शाह, बिहार घर भई पोखरा– ८ न्युरोड बस्ने वर्ष ३४ का राकेश शर्मा, सप्तरी घर भई पोखरा– २ बस्ने २६ वर्षीय सुजित चौधरी र मोरङ घर भई पोखरा– १४ चाउथे बस्ने ४३ वर्षीय गोपाल बस्नेत रहेका छन्।

पक्राउ परेका उनीहरूलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर (जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने)सम्बन्धी कसुरमा आइतबार जिल्ला प्रशासन कार्यालय कास्कीबाट पाँच दिन म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ।

ad
ad