Skip This
शालीनको शंकास्पद मृत्युबारे अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन कांग्रेसको माग
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १९ शनिबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण १९ शनिबार १७:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शालीनको शंकास्पद मृत्युबारे अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन कांग्रेसको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण १९ शनिबार १७:२९:oo

नेपाली कांग्रेसले चितवनको रत्ननगर नगरपालिका– १० स्थित शिशु निकेतन बोर्डिङ स्कुलकी १४ वर्षीया छात्रा शालीन पोखरेलको मृत्यु प्रकरणमा गहिरो र निष्पक्ष अनुसन्धानको माग गरेको छ।

केही दिनअघि होस्टलमा मृत भेटिएकी घटना र त्यससँग शंकास्पद विषयप्रति अनुसन्धान गर्न कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको हो। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा अनुसन्धानको तथ्यका आधारमा दोषीलाई हदैसम्मको कारबाही माग गरिएको छ। 

‘विद्यालयको अभिभावकत्वमा उज्यालो भविष्यका लागि अध्ययन गरिरहेकी एउटी बालिकाको आकस्मिक बिदाइ आफैँमा अत्यन्तै दु:खद त भएको छ नै, झुन्डिएको अवस्थामा मृत भेटिनु र त्यस पछिल्तिर आत्महत्या दुरुत्साहन या हत्याको आशंकाको स्थिति अत्यन्तै गम्भीर छ,’ विज्ञप्तिमा भनिएको छ, ‘कांग्रेस घटनालाई निष्पक्ष ढंगले गहन अनुसन्धान गरी सत्य, तथ्यबाहिर ल्याउन र दोषीलाई हदैसम्मको कारबाहीका लागि सरकारसँग जोडदार माग गर्दछ।’