१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार ११:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

छुट्टाछुट्टै दुर्घटनामा परेर मकवानपुरमा दुईजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:३२:oo

मकवानपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार शनिबार बिहान पिकअप भ्यानको ठक्करबाट मनहरीमा पैदल यात्री र इन्द्रसरोवर गाउँपालिकामा लडेर एकजना जेष्ठ नागरिकको मृत्यु भएको हो ।

शनिबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुर गाउँपालिका वडा नम्बर-९ मा पिकअप भ्यानको ठक्करबाट गम्भीर घाइते भएका पैदल यात्रीको मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।

हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको लु२च ७३२७ नम्बरको पिकअप भ्यानले स्थानीय ५० वर्षीय सीताराम अधिकारीलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका अधिकारीको उपचारको क्रममा भरतपुरस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो ।

गम्भीर घाइते अधिकारीलाई मनहरीमा प्राथमिक उपचारपछि भरतपुर पुर्‍याइएको थियो । ठक्कर दिने पिकअप भ्यान र चालक इलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा रहेको प्रवक्ता भण्डारीले बताए ।

यस्तै, जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा एकजना जेष्ठ नागरिकको लडेर मृत्यु भएको छ । पालिकाको वडा नम्बर ४ भाङ्खोलास्थित आफ्नौ घरभन्दा १ सय मिटरको दूरीमा ७० वर्षीय पदमबहादुर गोले मृत अवस्थामा फेला परेको प्रहरी प्रवक्ता भण्डारीले जानकारी दिए । घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता भण्डारीले बताए । उनका अनुसार मृतक गोलेको शव पोस्टमार्टमका लागि काठमाडौं लगिएको छ ।

ad
ad