१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार ११:o९:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

पेन्टिङ नियाल्नुको आनन्द 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:o९:oo

मानिसहरू प्रायः सिर्जनाको माध्यमबाट आफ्ना भावना व्यक्त गर्छन् । विज्ञहरूका अनुसार चित्रकला र मूर्तिहरू हेर्नु मानसिक स्वास्थ्यका लागि निकै राम्रो छ । लन्डनस्थित कला संग्रहालय टेट मोडर्नका निर्देशक क्यारिन हिन्डस्बो भन्छिन्, ‘अन्यले बनाएका सिर्जनाको आनन्द लिनेदेखि कुनै पनि चिजलाई अलग दृष्टिकोणले देख्ने । त्यस अनुभवलाई अरूसमक्ष बाँड्ने, नयाँ सम्बन्धहरू बनाउनेलगायत कार्यले सधैँ हामीलाई ऊर्जावान्, प्रेरित र उत्साहित महसुस गराउँछ ।’

अमेरिकाको नेसनल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित पछिल्लो अध्ययनमा चित्रकला हेर्दा मस्तिष्क आनन्दित हुने र डोपामिन रिलिज हुन सक्ने उल्लेख छ । मानिसले आफ्नो केयर गर्नका लागि यस्ता गतिविधिमा सक्रिय हुनु राम्रो हुने प्रतिवेदनमा उल्लेख छ ।

पूर्वी लन्डनका आर्ट थेरापिस्ट एलेक्स मन्क भचग्यालरीमै पुगेर चित्र हेर्दा यसको मज्जा लिन सकिने बताउँछन् । ‘त्यहाँ पेन्टको चमकलाई पनि नियाल्न पाइन्छ । कला नियालेर अलग स्तरमा छलफल पनि गर्न सकिन्छ,’ उनी भन्छन्, ‘ग्यालरी घुम्दा र चित्र, मूर्ति हेर्नु सामुदायिक कार्य पनि हो । यो निकै महत्वपूर्ण छ ।’ 

नटिङह्याम बस्ने साइकोथेरापिस्ट सोफी डोब्बिलाइरे ग्यालरीहरू डुलेर चित्रकला हेर्दा मानिस आनन्दित हुने बताउँछिन् । ‘चित्र हेर्दा हामीले मानवतासँग साक्षात्कार गरिरहेका हुन्छौं । यसले हामीलाई त्यस विषयवस्तुसँग निकट र हामी कुनै महत्वपूर्ण कुराको हिस्सा हौँ भन्ने स्मरण अनुभव गराउँछ ।’ 

हामी निकै हतारोको संस्कारमा बाँचिरहेका छौँ । कलालाई त्यसरी नै प्रयोग गर्छौँ, जसरी छिटो हामीले फोनको प्रयोग गरिरहेका हुन्छौँ । तर, ग्यालरी जाँदा गहिरो गरी समय लगाएर चित्रकला हेर्नु राम्रो हुन्छ । एउटै चित्रकला हेर्दा पनि धेरै मिनेट वा घण्टा पनि लगाउन सकिन्छ र गहिरिएर सोच्दा यसका धेरै आयाम खुल्दै जान्छ । 

ग्यालरीहरू राम्रा सामग्रीले भरिएका हुन्छन् । तर, एउटै कलालाई गहिरिएर हेर्नु धेरै अर्थपूर्ण हुन्छ । ‘सबै कुरा चाँडो गर्न खोज्ने हाम्रो वर्तमान संस्कृति छ । फोटो वा पेन्टिङलाई लामो समय लगाएर हेर्न हामीलाई गाह्रो महसुस हुन्छ । तर, गहिरिएर हेर्नु एउटा राम्रो उपाय हो,’ मन्कले भने । 

पछिल्लो अध्ययनअनुसार बेलायतमा ९५ प्रतिशत वयस्क ग्यालरी वा संग्रहालय जानु फाइदाजनक रहेको बताउँछन् । तर, त्यहाँ जानेहरूको संख्या भने निकै कम छ ।
(द गार्डियनबाट )

ad
ad