Skip This
सहमति नजुट्दा बागमती प्रदेश सभा बैठक स्थगित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १६ बुधबार
  • Saturday, 27 July, 2024
२o८o फाल्गुण १६ बुधबार १५:१o:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

सहमति नजुट्दा बागमती प्रदेश सभा बैठक स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण १६ बुधबार १५:१o:oo

बागमती प्रदेश सभाको बुधबारको बैठक बस्दै नबसी स्थगित भएको छ। बुधबार बिहान साढे ११ बजे बस्ने तय भएको बैठक सरकार र विपक्षी दलहरूबीच सहमति जुट्न नसक्दा स्थगित भएको हो।

बैठक बिहीबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ। साढे चार महिनापछि मंगलबारबाट सुरु भएको प्रदेश सभा बैठक दोस्रो दिनमै स्थगित भएको हो।

सरकार र विपक्षी दलहरूबीच बजेटमा भएको पूर्वसहमति कार्यान्वयन नगरे बैठक अवरुद्ध गर्ने प्रमुख दल एमालेसहितका दलहरूको चेतावनीपछि बुधबारको बैठक स्थगित गरिएको हो।

बुधबार बिहानैदेखि पटकपटक सहमतिको प्रयास भए पनि दलहरूबीचको संवाद सकारात्मक हुन नसकेपछि बैठक सारिएको हो।