Skip This
ad
४५ किलो चरेससहित भीमफेदीबाट तीनजना पक्राउ 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
२o८१ बैशाख २५ मंगलबार १३:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

४५ किलो चरेससहित भीमफेदीबाट तीनजना पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १३:१७:oo

मकवानपुरको भीमफेदी गाउँपालिकाबाट प्रहरीले ४५ किलो लागुऔषध चरेससहित तीनजनालाई पक्राउ गरेको छ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले दिएको जानकारीअनुसार भीमफेदी–२ भैँसेबाट ४५ किलो चरेस र करिब पाँच किलो गाँजासहित तीनजना पक्राउ परेका हुन्।

पक्राउ पर्नेहरूमा थाहा नगरपालिका– ८ आग्रा बस्ने ३० वर्षीय विमल स्याङ्तान, कैलाश गाउँपालिका– १ खोलाखर्क बस्ने ५२ वर्षीय चन्द्रबहादुर घलान र भीमफेदी– १ किटनी बस्ने ३२ वर्षीय नवराज तामाङ रहेका छन्।

मंगलबार दिउँसो प्रहरी चौकी भैँसेबाट खटिएको प्रहरी टोलीले पालुङबाट हेटौँडातर्फ आउँदै गरेको ना.४ख ६०९१ नम्बरको बसलाई रोकी चेकजाँच गर्दा बसमा सवार उनीहरूलाई उक्त परिमाणको लागुऔषधसहित पक्राउ गरेको हो।

लागुऔषधसहित पक्राउ परेका तीनैजनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ।

ad
ad