मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o फाल्गुण १५ मंगलबार
  • Monday, 14 July, 2025
अमुल थापा काठमाडाैं
२o८o फाल्गुण १५ मंगलबार १२:२३:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
नयाँ पत्रिका
२o८o फाल्गुण १५ मंगलबार १२:२३:oo

निषेधित क्षेत्रमा पर्ने अतिसंवेदनशील नयाँ बानेश्वरस्थित संसद्परिसरभित्रै लघुवित्त तथा वित्तीय संस्थापीडितहरूले प्रवेश गरेपछि यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा गरिएको छ। ठाउँठाउँमा ‘निषेधित क्षेत्र’को जानकारी दिने गरी ठूला ब्यानर टाँसेर फुटपाथमा समेत प्रवेश निषेध गरिएको छ।

सोमबार दिउँसो २ बजेतिर ऋणको साँवाब्याज मिनाहाको माग गर्दै राजधानीकेन्द्रित आन्दोलनमा रहेका लघुवित्त तथा वित्तीय संस्थापीडितहरूले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको दुई नम्बर गेटस्थित प्रहरीको सुरक्षाघेरा तोडेर प्रवेश गरेका थिए। त्यससँगै प्रशासनले यस क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरेको छ।

तस्बिरहरू :