बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ

मंगलबार, १५ फागुन, २०८०
डिजिटल संस्करण

निषेधित क्षेत्रमा पर्ने अतिसंवेदनशील नयाँ बानेश्वरस्थित संसद्परिसरभित्रै लघुवित्त तथा वित्तीय संस्थापीडितहरूले प्रवेश गरेपछि यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा गरिएको छ। ठाउँठाउँमा ‘निषेधित क्षेत्र’को जानकारी दिने गरी ठूला ब्यानर टाँसेर फुटपाथमा समेत प्रवेश निषेध गरिएको छ।

सोमबार दिउँसो २ बजेतिर ऋणको साँवाब्याज मिनाहाको माग गर्दै राजधानीकेन्द्रित आन्दोलनमा रहेका लघुवित्त तथा वित्तीय संस्थापीडितहरूले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको दुई नम्बर गेटस्थित प्रहरीको सुरक्षाघेरा तोडेर प्रवेश गरेका थिए। त्यससँगै प्रशासनले यस क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरेको छ।

तस्बिरहरू :

सुझावित समाचार