मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o फाल्गुण १५ मंगलबार
  • Friday, 14 August, 2026
२o८o फाल्गुण १५ मंगलबार ११:४७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पोखरी बजारमा रावा बैंकको नयाँ शाखा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण १५ मंगलबार ११:४७:oo

संखुवासभा चैनपुर नगरपालिका–३ स्थित पोखरी बजारमा राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा स्थापना भएको छ । आइतबार एक कार्यक्रमबीच कार्यक्रमका प्रमुख अतिथि सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुँयालले शाखा कार्यालयको उद्घाटन गरे । कार्यक्रमको उद्घाटन गर्दै ग्रामीण क्षेत्रमा वित्तीय साक्षरता बढाउनुपर्नेमा जोड दिए । पोखरी बजारमा ६ वर्षदेखि सो बैंकको काउन्टर शाखा थियो । सोही काउन्टर शाखालाई स्तरोन्नति गर्दै शाखा कार्यालय बनाइएको बैंकले जनाएको छ । 

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले २८७औैँ शाखाका रूपमा पोखरी बजारमा रावा बैंक शाखा कार्यालयका रूपमा स्थापना गरिएको बताए । सरकारको स्वामित्वमा भएको बैंक भएको हुनाले जनताको पनि बैंक भएको प्रमुख श्रेष्ठको भनाइ थियो । 

‘आगामी असारसम्म तीन सय २० शाखा पुर्‍याउने लक्ष्यका साथ अघि बढिरहेका छौँ,’ उनले भने, ‘सरकारको नीति र कार्यक्रम प्राथमिकतामा राखेर काम गर्ने, नाफा कमाउनु पनि एउटा मुनाफाको उद्देश्य हो, तर उद्देश्य नाफा कमाउनु मात्रै पनि होइन । जनताको विश्वास जित्नु पनि हो ।’

कार्यक्रममा रावा बैंक कोशी प्रदेश प्रादेशिक प्रबन्धक दीपकराज न्यौपाने, नेपाली कांग्रेस पार्टीसचिव कुमारबाबु अधिकारी, चैनपुर नगरपालिका प्रमुख कृष्णकुमार तामाङ, उपप्रमुख एलिना श्रेष्ठ, समाजसेवी ज्ञानबहादुर कार्की पूर्वनगरप्रमुख भरतकुमार खत्री, समाजसेवी उमेशकुमार डाँगी, नेपाल चम्बर अफ कमर्स चैनपुरका दीपेन्द्रमान शाक्यलगायत विभिन्न राजनीतिक दलका पार्टी प्रतिनिधि, जनप्रतिनिधिलगायतले कार्यक्रम सफलताको शुभकामना मन्तव्य राखेका थिए ।