१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार o९:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

घाइते अवस्थामा उद्धार गरिएको बाघ मर्‍यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o९:३४:oo

पर्साको ठोरी गाउँपालिका– ५ सुवर्णपुरबाट घाइते अवस्थामा उद्धार गरिएको वयस्क पाटेबाघ मरेको छ । उद्धारपछि पर्सा राष्ट्रिय निकुञ्जले खोरमा राखेर रेखदेख गर्दै आएको थियो । यही क्रममा सोमबार बिहान मृत्यु भएको हो ।

बाघलाई आइतबार राति निकुञ्जका कर्मचारीले खाना दिएका थिए । तर, सोमबार बिहान खाना दिने समयमा बाघ मृत अवस्थामा भेटिएको निकुञ्जले जनाएको छ । यसअघि समेत निकुञ्जको खोरमा रहेको तीनवटा पाटेबाघमध्ये एक बघिनीको मरेको थियो ।

करिब १० वर्ष उमेरको बाघ अर्को भाले बाघसँग जुध्दा घाइते भएको निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले जानकारी दिए । उनका अनुसार घाइते बाघलाई भेटेरीनरी अस्पताल तथा विज्ञचिकित्सकको सहयोगमा उपचार भइरहेको थियो ।

ad
ad