Skip This
आतंकवादी आक्रमणमा नौको मृत्यु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १४ सोमबार
  • Saturday, 27 July, 2024
२o८o फाल्गुण १४ सोमबार २३:१५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

आतंकवादी आक्रमणमा नौको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण १४ सोमबार २३:१५:oo

पश्चिमी बुरुन्डीमा भएको आतंकवादी आक्रमणमा परी नौजनाको मृत्यु भएको छ। प्रजातान्त्रिक गणतन्त्र कंगोको सीमानजिक रहेको बुबान्जा प्रान्तको बुरिंगा गाउँमा आइतबार राति  ६ जना महिला, १ जना सैनिकसहित कम्तीमा ९ जनाको मृत्यु भएको छ। 

सो आक्रमण रेड–तबारा विद्रोहीहरूले गरेको बुझिएको छ। घटनामा पाँचजना घाइते भएको बुरुन्डी सरकारका महासचिव तथा प्रवक्ता जेरोम नियोन्जिमाले जानकारी दिए। 

विद्रोहीहरूले यस क्षेत्रमा सत्तारुढ पार्टीको कार्यालयलाई पनि निशाना बनाएका थिए। सो विद्रोही समूह सन् २०१५ देखि बुरुन्डीको सरकारसँग लडिरहेको छ। (रासस-सिन्ह्वा)