१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
तिवारी यादव वीरगन्ज
२o८१ जेठ ३ बिहीबार १५:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नेसनल मेडिकल कलेजको प्रबन्ध निर्देशकबाट हटाइएका बसरुद्दिन १० प्रतिशतका सेयर सदस्य : शाहनवाज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १५:१७:oo

वीरगन्ज महानगरपालिका– १५ भेडियाहीमा रहेकोे नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको प्रबन्ध निर्देशकबाट हटाइएका बसरुद्दिन अन्सारी अब १० प्रतिशत मात्र सेयर सदस्य रहेको अस्पतालले जनाएको छ।

वीरगन्जमा अस्पतालका प्रबन्ध निर्देशक शाहनवाज अन्सारीले पत्रकार सम्मेलन आयोजना गरेर गत फागुन ४ मा बसेको अस्पतालको सञ्चालक समितिको बैठकले प्रबन्ध निर्देशकमा आफू चयन भएको र तत्कालीन प्रबन्ध निर्देशक बसरुद्दिनलाई हटाएको बताए।

तर, प्रबन्ध निर्देशकबाट हटाइएका बसरुद्दिनले सञ्चालक समितिको निर्देशन अटेर गरेर अस्पतालमा जबर्जस्ती अहिलेसम्म बस्दै आएको शाहनवाजले आरोप लगाए।

बसरुद्दिनलाई प्रबन्ध निर्देशकबाट हटाइएको एक साताभन्दा बढी बितिसक्दा पनि उनले सञ्चालक समितिको निर्णय नमानेर मनोमानी गरिरहेको उनको भनाइ छ।

अस्पतालका प्रबन्ध निर्देशक शाहनवाजले अहिले पनि  बसरुद्दिनले आफू नै पहिलेदेखि प्रबन्ध निर्देशक रहेको र अस्पतालका अध्यक्ष जैनुदिन अन्सारीले आफ्नो पद छाडेर अध्यक्षमा पनि नियुक्त गरेको प्रचार गरिरहेको आरोप लगाए।

अस्पतालको प्रबन्ध निर्देशकबाट हटाइएका बसरुद्दिनले अस्पतालका कर्मचारीलाई उचालेर कर्मचारी ट्रेड युनियन दर्ता गराउन खोजेको उनको भनाइ छ।

यसअघि लामो समयसम्म अस्पताल सञ्चालक समितिको प्रबन्ध निर्देशकमा बसरुद्दिन अन्सारी थिए। उनी नेकपा एमालेका मधेश प्रदेश समिति सदस्य हुन्। अस्पतालमा अब बसरुद्दिनको १० प्रतिशत मात्र सेयर रहेको अस्पताल सञ्चालक समितिले जनाएको छ। 

समितिको बैठकले प्रचलित कानुनले दिएको अधिकारबमोजिम कम्पनीको सम्पूर्ण कार्य सञ्चालक समिति र प्रबन्ध सञ्चालकले गर्ने प्रबन्ध निर्देशक शाहनवाजले जानकारी दिए। 

ad
ad