१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १o:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
साहित्य डिजिटल संस्करण

पत्रकार एवं जीवजन्तुविज्ञ ददि सापकोटाकाे पाँचौँ कृति ‘जीवगाथा’ लोकार्पण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:३८:oo

पत्रकार एवं जीवजन्तुविज्ञ ददि सापकोटाकाे पाँचौँ कृति ‘जीवगाथा’ लोकार्पण भएको छ  । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच वन्यजन्तुविद् राजेन्द्र सुवाल र लेखक स्वयंले कृति लोकार्पण गरेका हुन्। 

कार्यक्रममा वन्यजन्तुविद् राजेन्द्र सुवालले प्रकृति एवं जीवजन्तुसम्बन्धी पुस्तक कम लेखिएको र त्यसमा ददि सापकोटाको ‘जीवगाथा’ विशेष रहेको बताए । जीव–जनावरका आनीबानी र क्रियाकलाप सरल किसिमले लेखिएको यो पुस्तकको महत्त्व पनि रहेको उनको भनाइ छ ।  

मान्छेको समाजमा भन्दा धेरै वन्यजन्तुको समाजमा रमाउने अनि तिनलाई साथी बनाउने, तिनका कथाव्यथा बुझ्ने, तिनका आनी–बानी र स्वभावलाई पछ्याएर रमाइलो किसिमले लेख्ने स्वभाव ददि सापकोटाको रहेको लेखक अमर न्यौपानेको भनाइ छ ।

वर्षौँअघि चितवनको सौराहामा बसेर पथप्रदर्शक बन्दा आफू प्रकृतिका विविध पक्षसित मोहित भएको र त्यसले आफूलाई बिस्तारै जीव–जनावर आदिमा आकर्षित गरेको लेखक सापकोटाले बताए।

प्रकृतिका अनेक रहस्यमय पाटा खोज्दाखोज्दै, तिनको रसास्वादन गर्दागर्दै आफू यसपटक ‘जीवगाथा’मा आइपुगेको उनले जनाए । ‘प्रकृतिका यस्तै रहस्यमय, कुतूहलपूर्ण विषयबारे वनको ‘वैभव पुस्तक’ लेखिसकेको मैले यसपटक थप जीवजन्तुका रोचक आनी–बानी, कुतूहलपूर्ण व्यवहार र लुकेका पाटा समेटेर जीवगाथा पस्किएको छु,’ उनले भने, ‘मलाई विश्वास छ, यस पुस्तकले पनि पाठकलाई वन, जीवजन्तुको गाथा वा समग्रमा प्रकृतिका थप रहस्य खोतल्न मद्दत गर्नेछ ।’

करिब २५ वर्षदेखि फ्रान्स बस्दै नेपाललाई कर्मथलो बनाएका सापकोटाका यसअघि ‘पन्छी जगत्’, ‘त्यो नेपाल’, ‘दुखेको युरोप’ र ‘वनको वैभव’ कृति प्रकाशित भएका छन् ।

ad
ad