Skip This
नेपाल प्रहरीका सइ र हवल्दार घुस मुद्दामा दोषी ठहर
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण ११ शुक्रबार
  • Thursday, 03 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण ११ शुक्रबार २o:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल प्रहरीका सइ र हवल्दार घुस मुद्दामा दोषी ठहर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण ११ शुक्रबार २o:o२:oo

नेपाल प्रहरीका दुई कर्मचारी घुस मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले शुक्रबार यस्तो फैसला सुनाएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको दुई छुट्टाछुट्टै मुद्दामा विशेषले यस्तो फैसला सुनाएको हो ।

बर्दियाको मैनापोखरस्थित इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी नायब निरीक्षक पवन साउद दोषी ठहर भएका छन् । उनी गत १२ मंसिरमा ३० हजार घुससहित पक्राउ परेका थिए । उनले लागुऔषधको मुद्दा मिलाइदिने भन्दै घुस लिएका थिए ।

त्यस्तै, एक लाख रुपैयाँ घुससहित पक्राउ परेका प्रहरी प्रभाग बुढानीलकण्ठका वरिष्ठ हवल्दार विष्णु सिंह पनि दोषी ठहर भएका छन् । 

उनी गत साउनमा एक लाख रुपैयाँ घुससहित पक्राउ परेका थिए । बालुवा उत्खननका लागि सहजीकरण गरिदिने भन्दै उनले एक लाख घुस लिएका थिए ।