१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार ११:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

फेरि एकै ओभरमा दुई विकेट नेपालले गुमायो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार ११:४४:oo

नेपालले नामिबियाविरुद्ध सातौँ र आठौँ विकेट एकै ओभरमा गुमाएको छ । त्रिवि क्रिकेट मैदानमा बुधबार आइसिसी विश्वकप लिग– २ अन्तर्गत चौथो खेलमा नेपालले नामिबियाविरुद्ध खराब ब्याटिङ प्रदर्शन जारी नै राखेको छ ।

इर्टनको ओभरमा छक्का प्रहार गर्ने क्रममा दीपेन्द्रसिंह क्रिज छाडेर अगाडि आएका थिए । विकेट किपर ग्रिनले सहजै उनलाई स्टम्पिङ गरे । दीपेन्द्र आउट हुँदा नेपाल ३३.२ ओभरमा १५१/७ को स्थितिमा थियो । 

नेपालले इटनकै ओभरमा सोमपाल कामीको विकेट पनि गुमाएको छ । सोमपाल डेभिनबाट क्याच आउट भए । सोमपाललाई गुमाउँदा नेपाल ३३.५ ओभरमा १५५–८ को अवस्थामा छ । क्रिजमा भीम सार्कीले ३४ बलमा तीन चौकाका सहयोगमा २६ रनमा खेलिरहेका छन् । 

नेपालको ब्याटिङ ध्वस्त पार्ने क्रममा नामिबियाका बर्नार्न्ड स्कोल्ट्जले नौ ओभरमा दुई मेडन राखी तीन विकेट लिए । जान इटनले पाँच ओभरमा २८ रन खर्चेर तीन विकेट हात पारेका छन् । नेपालको फितलो ब्याटिङमा कुशल भुर्तेलले १६ बलमा तीन चौकाको सहयोगमा १८ रन र आसिफ शेखले ६४ बलमा आठ चौका र एक छक्काको सहयोगमा ५८ रन जोडेका थिए ।

कुशल र शेखले पहिलो विकेटका लागि ३८ रनको साझेदारी गरेका थिए । अनिल शाह र देव खनाल शून्य रनमा आउट भए। कुशल मल्लले ५२ बलमा तीन छक्का र एक चौकको सहयोगमा ३६ रनको योगदान दिए ।
 

ad
ad