१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o९:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

एकदिवसीय क्रिकेट : नेपालले टस जितेर पहिला बलिङ गर्दै    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o९:५७:oo

नेपाल ‘ए’ले क्यानडा– ११ विरुद्धको एकदिवसीय क्रिकेट खेलअन्तर्गत आजको दोस्रो खेलमा टस जितेको छ । माथिल्लो मूलपानी क्रिकेट मैदानमा भर्खरै भएको टसमा नेपाल ‘ए’का कप्तान सन्दीप जोराले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन्।

कप्तान विनोद भण्डारी आज प्लेइङ ११ मा नभएपछि जोराले कप्तानको जिम्मेवारी पाएका हुन् । आजको खेलमा नेपाल ‘ए’ जित हासिल गर्ने उद्देश्यका साथ खेल्दै छ । तीन खेलको सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल ‘ए’ क्यानडा–११ सँग चार विकटले पराजित भएको थियो ।

नेपालको प्लेइङ ११ मा कप्तान सन्दीप जोरासँगै अर्जुन कुमाल, बसिर अहमद, विवेक यादव, किरण ठगुन्ना, मयन यादव, रासिद खान, सागर ढकाल, शाहव आलम, शेर मल्ल र रिजन ढकाल छन् । त्यस्तै बेन्चमा भने सुजन थपलिया, हेमन्त धामी, विनोद भण्डारी, आशुतोष घिरैया र प्रतिश जिसी छन् ।

क्यानडाको प्लेइङ– ११ मा भने कप्तान साद बिन जफरसहित आरोन जोन्सन, नवनीत धलिवल, निकोलस किर्तन, डिलोन हेलिगर, हर्ष ठाकर, सहिद अहमदजाई, श्रेयास मोभा, सृमन्थ विजयरत्ने, निखिल दत्त र ओमार खालिद छन् । बेन्चमा दिलप्रित बज्वा, पर्गत सिंह, उदय भगवान सिंह र ईश्वरजोत सोही छन् ।     
 

ad
ad