१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
रासस दमौली (तनहुँ)
२o८१ जेठ २ बुधबार o७:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

तनहुँमा जन्ती बोकेको जिप दुर्घटना : दुईजनाको मृत्यु, १६ घाइते

Read Time : < 1 मिनेट
रासस, दमौली (तनहुँ)
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o७:४७:oo

तनहुँको आँबुखैरेनी गाउँपालिका– १ गिरौनचाैरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । बरादी–हिलेखर्कस्थित भित्री सडकखण्डमा जन्ती लिएर गइरहेको बा.१८च ५९२१ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो । 

मृत्यु हुनेको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए । अनियन्त्रित भई सडकबाट अन्दाजी पाँच सय मिटर तल जिप खसेको थियो । दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

ad
ad