मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o फाल्गुण ६ आइतबार
  • Friday, 11 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण ६ आइतबार १७:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१७ जना ज्येष्ठ नागरिक सम्मानित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण ६ आइतबार १७:१७:oo

दोलखा पाँडे समाज नेपालले ८० वर्षदेखि १ सय ४ वर्षसम्मका उपमन्यु गोत्रीय जेष्ठ नागरिकहरूलाई सम्मान गरेको छ।

शनिबार सनसिटी पार्टी प्यालेस काँडघारीमा आयोजित एक कार्यक्रममा संस्थाले १७ जना जेष्ठ नागरिकहरूलाई सम्मान गरेको हो।

कार्यक्रममा समाजका अध्यक्ष सहप्राध्यापक किरणबहादुर पाँडे, पूर्वसहायकरथीद्वय विनोद पाँडे र सुन्दरकुमार पाँडे र समाजकी सल्लाहकार सहप्राध्यपक ज्योति पाँडेले उनीहरूलाई दोसल्ला ओढाएर सम्मानपत्रसहित सम्मान गरे।

यसरी सम्मानित हुनेहरूमा पृथ्वीबहादुर पाँडे, चन्द्रकुमारी पाँडे, कृष्णमाया पाँडे, इन्द्रकुमारी पाँडे, पदमबहादुर पाँडे, छ्याञ्जे पाँडे, जितबहादुर पाँडे, जगतकुमारी पाँडे, डम्बरकुमारी पाँडे, पदमकुमारी पाँडे, बालुमारी पाँडे, रत्नकुमारी पाँडे, देवमाया पाँडे, कृष्णकुमारी पाँडे, चन्द्रकुमारी पाँडे र जानुका पाँडे छन्। 

उनीहरूलाई नगद २६ हजार रुपैयाँ पनि प्रदान गरिएको थियो। दोलखाको बाबरे मूलथलो भएका पाँडे समुदायमा संगठित जेष्ठ नागरिकहरूलाई संस्थाले सम्मान गरेको हो।

कार्यक्रममा वक्ताहरूले जेष्ठ नागरिक समुदायको अमूल्य सम्पत्ति भएकाले उनीहरूको संरक्षण र दीर्घजीवनका लागि राज्य, समुदाय र परिवार सबैले विशेष ध्यान दिनुपर्नेमा जोड दिए।

समाजका महासचिव राम पाँडेले जेष्ठ नागरिकहरूको सम्मानबाट समाजमा असल संस्कार संस्थागत हुँदै जाने भएकाले सम्मान कार्यक्रम सुरु गरिएको जानकारी दिए। साथै, वक्ताहरूले जेष्ठ सदस्यहरूको अनुभव इतिहास, संस्कृतिको संरक्षण र संवर्द्धनका लागिसमेत उपयोगी हुन सक्ने बताए।