Skip This
गाजा सम्बन्धमा सुरक्षा परिषद्को नयाँ मतदान रोक्ने अमेरिकी धम्की
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण ६ आइतबार
  • Friday, 26 July, 2024
२o८o फाल्गुण ६ आइतबार १२:३४:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

गाजा सम्बन्धमा सुरक्षा परिषद्को नयाँ मतदान रोक्ने अमेरिकी धम्की

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण ६ आइतबार १२:३४:oo

गाजामा ‘तत्काल’ युद्धविरामको माग गर्ने अल्जेरियाको प्रस्तावमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले आगामी साता मतदान गर्न सक्ने कूटनीतिक स्रोतहरूले बताएका छन्। यद्यपि, वासिङ्टन फेरि उक्त प्रस्तावलाई अवरुद्ध गर्न तयार रहेको देखिन्छ।

जनवरीको अन्त्यमा अन्तर्राष्ट्रिय अदालतले इजराइलले गाजामा आफ्नो युद्धमा नरसंहार कार्य रोक्नका लागि हरसम्भव प्रयास गर्नुपर्ने फैसला गरेपछि अल्जेरियाले एउटा नयाँ मस्यौदामा छलफपल सुरु गरेको छ। फैसलामा अदालतले इजरायलले हमास लडाकुहरूलाई निशाना बनाइरहेको बताएको छ।

एएफपीले शनिबार प्राप्त गरेको मस्यौदा प्रस्तावको पछिल्लो संस्करणमा ‘तत्काल मानवीय युद्धविरामको माग गरिएको छ र त्यसलाई सबै पक्षले सम्मान गर्नुपर्ने’ उल्लेख छ। ‘प्यालेस्टिनी नागरिकको जनसंख्याको जबर्जस्ती विस्थापनलाई पनि अस्वीकार गर्दछ र सबै बन्धकलाई विनासर्त तत्काल रिहाइको माग गर्दछ,’ प्रस्तावमा भनिएको छ।

अक्टोबर ७ मा हमाससँग सुरु भएको गाजायुद्धमा इजरायलमा अधिकांश सर्वसाधारणसहित करिब एक हजार एक सय ६० नागरिक मारिएका थिए। हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलले गाजामा गरेको जवाफी आक्रमणमा अधिकांश महिला तथा बालबालिकासहित कम्तीमा २८ हजार आठ सय ५८ जनाको ज्यान गएको छ।

अल्जेरियाले मंगलबार राष्ट्रसंघीय सुरक्षा परिषदमा मतदानका लागि आग्रह गरेको छ। तर, वासिङ्टनले उक्त मतदानमा विशेषाधिकार प्रयोग गर्न सक्ने संकेत दिएको छ। राष्ट्रसंघका लागि अमेरिकी राजदूत लिन्डा थोमस–ग्रिनफिल्डले अल्जेरियाको प्रस्तावित मस्यौदाबारे एक विज्ञप्तिमा भनिन्, ‘अमेरिकी राष्ट्रपति जो बाइडेन इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहु र इजिप्ट तथा कतारका नेताहरूसँग बन्धक सम्झौतामा काम गरिरहनुभएको छ। यसले युद्धमा करिब ६ साताको युद्धविराम ल्याउनेछ।’

‘यसको विपरीत सुरक्षा परिषदमा राखिएको प्रस्तावले यी परिणाम प्राप्त हुँदैन र वास्तवमा युद्धविरामको विपरीत हुन सक्छ’, उनले भनिन्, ‘अमेरिका यो मस्यौदा प्रस्तावमा कारबाहीको समर्थन गर्दैन, यदि मस्यौदाअनुसार यसलाई मतदानका लागि लगियो भने त्यसलाई अपनाउन सकिँदैन।’

इजराइल र अमेरिकाले विरोध गरेको पछिल्ला मस्यौदा प्रस्तावहरू जस्तै नयाँ मस्यौदा प्रस्तावमा हमासले गरेको अभूतपूर्व आक्रमणको निन्दा गरिएको छैन। यसै महिनाको प्रारम्भमा राजदूत थोमस–ग्रिनफिल्डले अल्जेरियाको पछिल्लो पहलबाट वार्तालाई जोखिममा पार्ने खतरा रहेको बताएकी थिइन्। 

राष्ट्रसंघका लागि प्यालेस्टिनी राजदूत रियाद मन्सुरले हालै भनेका छन्, ‘अब सुरक्षा परिषद्का लागि मानवीय युद्धविरामको प्रस्तावमाथि निर्णय लिने समय आएको छ भन्ने हामीलाई विश्वास छ, सुरक्षा परिषद्का सदस्यहरूबीच मस्यौदा प्रस्तावको तत्वहरूका लागि ‘ठूलो समर्थन’ छ।’

अक्टोबर र डिसेम्बरमा गाजाको बढ्दो मानवीय संकटमाथि अन्तर्राष्ट्रिय दबाबका बाबजुद वासिङ्टनले युद्धविरामको माग गर्ने सन्देशहरूमाथि विशेषाधिकार लगाएको थियो। सुरक्षा परिषद्ले अक्टोबर ७ पछि गाजालाई लिएर दुईवटा मात्र प्रस्तावलाई अपनाएको छ। यसमा प्यालेस्टिनी क्षेत्रमा ठूलो स्तरमा मानवीय सहायता पुर्‍याउन गरिएको आग्रह पनि समावेश छ।