१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १३:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

कविता जोशीले एकै ओभरमा दुई विकेट लिएपछि खेलमा फर्कियाे नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १३:४७:oo

एसिसी महिला प्रिमियर कप २०२४ को फाइनल प्रवेशका लागि भइरहेको खेलमा एकै ओभरमा चौथो र पाँचौँ विकेट गुमाएपछि मलेसिया गहिरो संकटमा देखिएको छ । 

महत्वपूर्ण साझेदारी गर्दै जिततर्फ लम्किरहेको मलेसियालाई कविता जोशीले एकै ओभरमा संकटमा पारिदिइन् । कविताले आफ्नो पहिलो स्पेलको तेस्रो बलमा महिराह इजाती इस्माइललाई पेभेलियन पठाइन् । सोही ओभरको अन्तिम बलमा महिराहको स्थानमा आएकी इन्टान जमहीदायूलाई शून्य रनको अवस्थामा आउट गरिन् । 

नेपालले दिएको एक सय १६ रनको लक्ष्य पछ्याइरहेको मलेसियाले १४.३ ओभरमा ७२ रनको अवस्थामा चौथो झड्का व्यहोरेको थियो । महिराहले २२ बल खेल्दै १६ बनाएकी थिइन् । आउट हुन अघिल्लो बलमा उनले कवितालाई चौका प्रहार गरेकी थिइन् । 

लगत्तै आएकी इन्टानले जम्मा दुई बल खेलिन् र कुनै रन बनाइनन् । 
 

ad
ad