१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
म्यारी ली कोन्टे
२o८१ जेठ ३ बिहीबार o८:५१:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

फ्रान्समा अनलाइन पोर्नोग्राफी प्रतिबन्धको बहस

Read Time : > 1 मिनेट
म्यारी ली कोन्टे
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o८:५१:oo

अनलाइन पोर्नोग्राफी अहिले त्याग्नै नसकिने विषय बनेको छ । यसलाई हरेक महिना करोडौँ मानिसले हेर्छन् । यस विश्वव्यापी उद्योगले हरेक वर्ष ठूलो मात्रामा पैसा कमाउँछ । यसको ज्यादती र खतराबारे देश तथा सरकार निरन्तर बहस गर्छन् । तैपनि, सार्थक कोही हुँदैन । पोर्नोग्राफीलाई रोक्न वा घटाउन सकिन्छ ? अवश्य पनि यो रोकिनुपर्छ । 

वयस्क सामग्री कसरी उत्पादन हुन्छ, यसले निम्त्याउने परिणाम र यसलाई प्रतिबन्ध लगाउनुपर्छ कि पर्दैन भनेर चिन्ता गर्ने पालो अब फ्रान्सको हो । महिला र पुरुषबीच समानताका लागि उच्च परिषद् अर्थात् एचसिई (लैंगिक समानताबारे सरकारद्वारा मनोनीत एक निकाय)ले सार्वजनिक गरेको एक प्रतिवेदनबारे अहिले चौतर्फी चासो बढेको छ । पोर्ना क्रिमिन लाइट नामक उक्त प्रतिवेदनमा पोर्नोग्राफी उद्योग, हानिकारक व्यवहार तथा मापदण्ड प्रवद्र्धन र ‘महिला भएकै कारण उनीहरूलाई पीडा दिइने गरेकाजस्ता विषय समेटिएका छन् ।

प्रतिवेदनमा उल्लिखित धेरैजसो तथ्य र तथ्यांक चिन्ताजनक छन् । अनुसन्धानअनुसार १२ र १३ वर्षका केटामध्ये ५१ प्रतिशत र सोही उमेरका केटीमध्ये तीन दप्रतिशतले महिनामा कम्तीमा एकपटक अश्लील सामग्री हेर्छन् । बच्चाहरूले पहिलोपटक पोर्नोग्राफी हेर्ने औसत उमेर सन् २०१७ मा १४ वर्षको थियो, तर सन् २०२० मा केवल १० वर्ष थियो । एचसिईका अनुसार पोर्नोग्राफी एक स्वाभाविक हानिकारक उद्योग हो । यो वास्तविक हिंसा र धेरै कलाकारको शोषणको कारण हो । यो बृहत् समाजका लागि पनि खतरा हो किनकि जातिवाद, लिंगवाद, बलात्कार संस्कृति, होमोफोबिया र पुरुष हिंसा सबै पोर्नोग्राफीअन्तर्गत पर्छन् । 

वेबसाइटमा गरिने प्रदर्शनलाई पनि यौनशोषणका रूपमा लिइनुपर्छ । कठोर ढंगले उमेर जाँच लागू गर्न अस्वीकार गर्ने पोर्नोग्राफी वेबसाइटलाई इन्टरनेट प्रदायकले रोक लगाउनुपर्छ ।

एचसिईले गरेका सिफारिस आश्चर्यजनक रूपमा गम्भीर छन् । सबै पोर्नोग्राफीलाई कानुनको नजरमा वेश्यावृत्तिको रूपमा हेर्नुपर्छ । वेबसाइटहरूमा गरिने प्रदर्शनलाई पनि यौनशोषणको रूप लिइनुपर्छ । कठोर ढंगले उमेर जाँच लागू गर्न अस्वीकार गर्ने पोर्नोग्राफी वेबसाइटलाई इन्टरनेट प्रदायकले रोक लगाउनुपर्छ ।  ‘सेक्स वर्क’ शब्दावली सबै सरकारी वा सार्वजनिक सञ्चार माध्यममा प्रतिबन्ध लगाउनुपर्छ ।

प्रतिवेदन विवादास्पद देखिन्छ । पोर्नोग्राफी र यौनशिक्षाविज्ञ फ्लोरियन भोरोसद्वारा सहलिखित एउटा स्तम्भमा यसको आलोचना गरिएको छ । प्रतिवेदनमा वस्तुनिष्ठताको कमी रहेको र पोर्नोग्राफीउद्योगमा कलाकारको रूपमा काम गर्ने एकल महिलाको अन्तर्वार्ता लिन असफल भएको उनको भनाइ छ । त्यस्तै प्रतिवेदनलाई लिएर विभिन्न पक्षबाट आलोचना भइरहेको छ । 

प्रतिवेदनले आफूहरूलाई ‘अमानवीय र अपराधीकरण’ गरेको आरोप लगाउँदै पोर्नोग्राफीमा काम गर्ने ८० जना व्यक्तिको समूहले लिबरेसन नामक पत्रिकामा खुलापत्र प्रकाशित गरेको थियो । पत्रमा हस्ताक्षरकर्ताले इन्टरनेटको प्रयोगमा ध्यान केन्द्रित गर्दै विद्यालयमा थप गहन यौनशिक्षाको पक्षमा तर्क गरेका छन् । 

संक्षेपमा पोर्नोग्राफी उद्योग र मानिसहरू पोर्नोग्राफीमा संलग्न हुने तरिका परिवर्तन हुनुपर्छ भन्नेमा सबैजना सहमत छन् । तर, अगाडिको बाटो के हुनुपर्छ भन्नेमा कोही सहमत छैनन् । यो एक निराशाजनक अवस्था हो । पोर्नोग्राफी नियन्त्रणको विषयलाई पौराणिक पात्र सिसिफसको असफल कार्यसँग तुलना गरिएको छ । सिसिफल्स हरेक बिहान उठेर एउटै ढुंगालाई तलबाट माथि पहाडमा धकेल्थ्यो । तर, ढुंगा गुडेर पुनः फेदीमा झथ्र्यो । पोर्नोग्राफीविरोधी अभियानकर्ताहरू र पोर्नोग्राफी व्यवसायी एक–अर्कासँग असहमत रिपोर्ट, पत्र र स्तम्भ लेख्छन् तर त्यसको नतिजा केही हुँदैन ।

एचसिईको रिपोर्टले पोर्नोग्राफीलाई ‘नाफाको लागि महिलाको नरसंहार गर्ने प्रणाली’ भनेर तर्क गरेको छ । यो सम्पूर्ण उद्योगलाई स्वाभाविक रूपमा पूर्ण कानुनी सुधार र सार्वजनिक मनोवृत्तिमा परिवर्तन आवश्यक देखिन्छ । 
 

ad
ad