Skip This
पछिल्लो राष्ट्रपति निर्वाचनमा गलत अभ्यास भयो : प्रमुख आयुक्त थपलिया
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण २ बुधबार
  • Friday, 26 July, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण २ बुधबार १७:४९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पछिल्लो राष्ट्रपति निर्वाचनमा गलत अभ्यास भयो : प्रमुख आयुक्त थपलिया

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण २ बुधबार १७:४९:oo

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सुशासन कायम गर्नका लागि राजनीतिक दलभित्र सुशासन कायम हुन जरुरी भएको बताएका छन्। 

राष्ट्रिय सभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा उहाँले अहिले उठिरहेका असन्तुष्टिका स्वर र कतिपय विषयवस्तु राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्रसँग जोडिएर सार्वजनिक भएको प्रतिक्रिया दिए।  

प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘राजनीतिक दलको आन्तरिक लोकतन्त्र व्यवस्थित गर्न र  नियमको पालना हुन नसक्दा दलसम्बन्धी उजुरी, गुनासो तथा मुद्दा मामिला आयोग र न्यायिक निकायमा क्रमशः बढ्दै गएको छ।’

मतदाता सार्वभौम सम्पन्न भएको र  निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारबाट मतदाताको मत खरिद वा बिक्री हुन्छ भन्ने कल्पनासम्म गर्न सकिन्न भन्दै प्रमुख आयुक्त थपलियाले मतदाता पैसामा बिक्री हुने वस्तु हो र? भन्दै प्रतिप्रश्न गरे। 

निर्वाचन प्रणाली आफैँमा सस्तो र महँगो नहुने हुँदा प्रणालीबारे आयोगको कुनै टीकाटिप्पणी नहरने उनको भनाइ थियो। मुलुकलाई समृद्ध र लोकतन्त्रलाई सुदृढ तुल्याउने जिम्मेवारीमा रहेका दलका कार्यकर्ता र उम्मेदवारहरूले निर्वाचनमा मरेका मानिसका नाममा मतदान गर्न प्रेरित गर्छन् भन्नेमा विश्वास गर्न नसकिने बताए। 

राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक महिला हुनुपर्छ भन्ने आयोगको चाहना रहेको बताउँदै प्रमुख थपलियाले लोकतान्त्रिक व्यवस्थाको निर्वाचनमा जाँदा राजनीतिक दलले आफ्ना एजेन्डा लिएर मतदातामा जानुपर्ने बताए।  

यसअघि बैठकमा सदस्यले पछिल्लो राष्ट्रपति निर्वाचनका अघिल्लो नजिरलाई बेवास्ता गरिएकाले गलत अभ्यास भएको प्रतिक्रिया दिए। 

निर्वाचनको मतपरिणाम विश्लेषणबाट अल्पमतले शासन गर्ने परिस्थिति बनेको बनाउँदै उनले लोकतन्त्रमा व्यक्ति होइन, दलबीच प्रतिस्पर्धा हुने निर्वाचन प्रणाली उपयुक्त हुने धारणा व्यक्त गरे। 

कतिपय सांसदले हालको निर्वाचन प्रणालीमा सुधार गरी कम खर्चिलो र सहज तुल्याउन आवश्यक रहेको सुझाव दिँदै उनीहरूले दलहरूले आयोगसमक्ष प्रस्तुत गर्ने खर्चको परिमाण यथार्थपरक नरहेको टिप्पणी गरे। 

निर्वाचन योगदान, निष्ठा, सिद्धान्त र मन जित्न हुनुपर्नेमा पैसा र प्रभावका आधारमा नतिजा उल्टाउने भएको बताउँदै सदस्यले संविधानको मर्मअनुसार अपांगता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चितता गर्नेतर्फ अघि बढ्न आवश्यक रहेको धारणा राखे।