Skip This
नेप्सेमा सामान्य अंकको वृद्धि, चार अर्ब २५ करोडकाे काराेबार 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण २ बुधबार
  • Friday, 26 July, 2024
२o८o फाल्गुण २ बुधबार १५:४२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्सेमा सामान्य अंकको वृद्धि, चार अर्ब २५ करोडकाे काराेबार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण २ बुधबार १५:४२:oo

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको वृद्धि देखिएको छ। आज नेप्से परिसूचक ५.९१ अंकले बढेर दुई हजार ७६.५० विन्दुमा कायम भएको हो।

आज सेयर बजारमा रु. चार अर्ब २५ करोड २७ लाख २२ हजार आठ सय ९५ बराबरको कारोबार भएको छ। तीन सय दुई कम्पनीको एक करोड २३ लाख ६३ हजार २७ कित्ता सेयर ७४ हजार ६ सय ७५ पटक खरिद–बिक्री भएको हो।

बैंकिङ समूहको उपसूचक ०.१८, होटेल तथा पर्यटन समूहको उपसूचक ०.१४, जलविद्युत् समूह ०.१३, लगानी समूह ०.२१, जीवन बिमा समूह ०.२७ र लगानी समूह ०.३७ प्रतिशतले घटेको छ।

आज सबैभन्दा धेरै वित्त समूह ६..५६ प्रतिशतले र विकास बैंक समूह २.३८ प्रतिशतले बढेको छ। त्यस्तै, उत्पादन तथा प्रशोधन ०.१०, लघुवित्त ०३४, म्युचुअल फन्ड ०.३४, निर्जीवन बिमा समूह ०.४० र अन्य समूहको उपसूचक १.०७ प्रतिशतले बढेको छ।

तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। नेपाल फाइनान्स लिमिटेड, बोटलर्स नेपाल (बालाजु) लिमिटेड र पाँचथर पावर कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको हो। सबैभन्दा धेरै गुमाउनेमा भने पिपुल्स पावर लिमिटेडको सेयर मूल्य ५.८१ प्रतिशतले घटेको छ।

कारोबार भएका सेयर संख्याका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु. १७ करोड १७ लाख ६४ हजार आठ सय ८० बराबरको सेयर कारोबार भएको छ। कारोबार भएका सेयर संख्याका आधारमा भने प्राइम कमर्सियल बैंक प्रमोटर सेयर आठ लाख आठ हजार पाँच सय २० बराबरको कारोबार भएको छ। रासस