Skip This
इमरानका समर्थकले गरे चुनावी नतिजाको विरोध
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १ मंगलबार
  • Friday, 26 July, 2024
नयाँ पत्रिका इस्लामाबाद
२o८o फाल्गुण १ मंगलबार o८:५३:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

इमरानका समर्थकले गरे चुनावी नतिजाको विरोध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, इस्लामाबाद
नयाँ पत्रिका
२o८o फाल्गुण १ मंगलबार o८:५३:oo

 गत साता सम्पन्न निर्वाचन धाँधलीपूर्ण भएको भन्दै पूर्वप्रधानमन्त्री इमरान खानका हजारौँ समर्थक र अन्य राजनीतिक दलका सदस्यले विरोध जनाएका छन् । उनीहरूले सोमबार देशको दक्षिण–पश्चिम क्षेत्रका प्रमुख राजमार्ग अवरुद्ध गरेका छन् । आइतबार प्रकाशित अन्तिम नतिजाअनुसार खानले समर्थन गरेका स्वतन्त्र उम्मेदवारले धेरै सिट जितेका छन् । यद्यपि कुनै पनि दललाई स्पष्ट बहुमत प्राप्त नभएकाले गठबन्धन सरकार बनाउन दलहरूले वार्ता गर्नुपर्ने भएको छ । नयाँ संसद्ले मुलुकको नयाँ प्रधानमन्त्री चयन गर्नेछ । 

 नयाँ संसद् चयन गर्न बिहीबार भएको निर्वाचनमा मोबाइल फोन र इन्टरनेटसेवा बन्द गरिनुका साथै खानको पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई) पार्टीलाई प्रतिबन्ध लगाइएको थियो । निर्वाचन जित्नेहरूले विजयको उत्सव मनाइरहँदा पिटिआई र अन्य दलले दर्जनौँ निर्वाचन क्षेत्रमा आफ्नो हार अस्वीकार गरेका छन् ।

कथित मतदान धाँधलीको विरोध गरिरहेका खानका दर्जनौँ समर्थकलाई सप्ताहन्तमा पूर्वी सहर लाहोरमा केही समयका लागि हिरासतमा लिइएको थियो । खानसमर्थित उम्मेदवारले संसद्को तल्लो सदनको दुई सय ६६ सिटमध्ये ९३ सिट हासिल गरेका छन् । त्यस्तै, पूर्वप्रधानमन्त्री नवाज सरिफ नेतृत्वको पाकिस्तान मुस्लिम लिग–एन (पिएमएल–एन) ले ७५ सिट हासिल गरेको छ । सरिफले अहिले गठबन्धन सरकार बनाउन सहयोगीसँग वार्ता गरिरहेका छन् ।