१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार १५:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

क्यानडाविरुद्ध भीमको पनि मेडन शतक, अनिलसँग कीर्तिमानी साझेदारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १५:५५:oo

क्यानडाविरुद्धको अन्तर्राष्ट्रिय एकदिवसीय शृंखलाको अन्तिम खेलमा भीम सार्कीले पनि शतक बनाएका छन् । 

कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा भीमले एक सय २६ बलमा ११ चौका र एक छक्कासहित सय रन बनाएका हुन् । 

भीमको पनि याे पहिलो शतक हो । भीमले यसअघि चार अर्धशतक बनाएका थिए । 

भीम र अनिलबीच कीर्तिमानी साझेदारी बनेको छ । यसअघि एक सय ७१ रनको साझेदारी भएको थियो । कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेट लागि जिम्बावेविरुद्ध एक सय ७१ रनको साझेदारी गरेका थिए । 

यसअघि टस हारेर सुरुवाती ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ३२ रन बनाएको थियो ।

ad
ad